+
+
Shares

पेपर लिक प्रकरणपछि मोदी : शिक्षा पद्धतिमा सुधार अनिवार्य छ

उनले भनेका छन्, ‘पेपर लिकका कारण बालबालिकाको भविष्य संकटमा परिरहेको छ। सबै राज्यहरूमा र केन्द्रमा पनि शिक्षा पद्धतिमा सुधार अनिवार्य भएको छ। प्रविधिको प्रयोग आवश्यक छ।’

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १५ गते १३:२२
Photo Credit : एपी

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पेपर लिक रोक्न ल्याइएको लोक परीक्षा संशोधन बिल संसद्बाट पारित भएको जानकारी दिएका छन्।
  • उनले भने, 'बालबालिकाको भविष्यसँग खेलबाड गर्ने पेपर माफिया र ग्याङलाई छाडिने छैन र यस मामलामा कठोर कानुनको आवश्यकता छ।'
  • कडा प्रावधानसहितको यस नयाँ बिलले परीक्षा प्रणालीलाई मजबुत बनाउने र भविष्यमा पेपर लिकको समस्या अन्त्य हुने उनले दाबी गरेका छन्।

१५ साउन, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पेपर लिकको विषयलाई लिएर लगातार दोस्रो पटक इन्स्टाग्राममा भिडियो सार्वजनिक गरेका छन्।

उनले बिहीबार राति इन्स्टाग्राममा भिडियो पोस्ट गर्दै लोक परीक्षा संशोधन बिल पारित भएको जानकारी दिएका हुन्। कडा प्रावधानहरू रहेको यस बिलले परीक्षा सञ्चालन गर्ने प्रणालीलाई मजबुत बनाउने र पेपर लीक रोकिने दाबी उनले गरेका छन्।

उनले भनेका छन्, ‘पेपर लिकका कारण बालबालिकाको भविष्य संकटमा परिरहेको छ। सबै राज्यहरूमा र केन्द्रमा पनि शिक्षा पद्धतिमा सुधार अनिवार्य भएको छ। प्रविधिको प्रयोग आवश्यक छ।’

उनले थप भनेका छन्, “बालबालिकाको भविष्यसँग खेलबाड गर्ने पेपर माफिया र ग्याङलाई छाडिने छैन। यस मामलामा कठोर कानुनको पनि आवश्यकता छ। हामी संसद्मा बिल लिएर गएका थियौँ र हामीले बाचा गरेअनुसार नै अघिल्ला दुई दिन दुवै सदनमा यसमाथि विस्तारमा छलफल भयो।”

उनले अगाडि भनेका छन्, “अहिले दुवै सदनले यो कठोर प्रावधानयुक्त बिल पारित गरेका छन्। अब विश्वसनीय परीक्षा प्रणालीतर्फ जान एउटा महत्त्वपूर्ण काम पूरा भएको छ।”

यसअघि जुलाई २३ मा राति ११ बजेर ५२ मिनेटमा प्रधानमन्त्री नरेन्द्र मोदीले इन्स्टाग्राममा भिडियो जारी गरेर पेपर लीकको विषयमा कुरा गरेका थिए।

उनले आफ्नो सन्देशको सुरुवात सामान्यतया प्रयोग गरिने शब्द ‘मित्रहरू’को साटो ‘फ्रेन्ड्स’ भनेर गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?