Comments Add Comment

यसकारण पडि्कन्छ स्मार्टफोनको ब्याट्री, जान्नुहोस् बँच्ने उपाय

battery

सामसुङले ब्याट्री विस्फोट भएर फोनमा आगो लाग्ने समस्याकै कारण नोट सेभेन फिर्ता लिएर उत्पादन बन्द गर्नुपर्यो । एप्पलका आइफोनमा समेत बेलाबेलामा ब्याट्रीकै कारण विस्फोट हुने तथा आगो लाग्ने गरेका घटना सार्वजनिक हुने गरेका छन् । एप्पल र सामसुंग मात्र होइन अन्य स्मार्टफोनहरुमा पनि यस्ता समस्या आइरहन्छन् । आखिर यस्तो किन हुन्छ ?

स्मार्टफोनमा प्रयोग गरिने लिथियम आयन ब्याट्री निकै संवेदनशील हुन्छ । स्मार्टफोन भुइँमा बजि्रँदा ब्याट्री पडि्कन सक्छ र सेटमा आगो लाग्ने र दुर्घटना हुने हुनसक्छ ।

सस्तो खालको नक्कली ब्याट्री खरीद गरेर यदि स्मार्टफोनमा हाल्नुभयो भने ब्याट्री फूल्ने र विस्फोट हुने जोखिम झनै बढी हुन्छ ।

ब्याट्री आफैमा खराब छ भने त त्यसमा विस्फोट हुने नै भयो तर यदि ब्याट्री उच्च गुणस्तरको छ भनेपनि यदि तापक्रम उच्च भयो भने ब्याट्री विस्फोट हुनसक्छ ।

स्मार्टफोन तथा अन्य इलेक्ट्रिक डिभाइसमा प्रयोग हुने लिथियम आयन ब्याट्री उच्च संवेदनशील हुनुका साथै सुरक्षित पनि हुन्छ । तर फोनको प्रोसेसिंङ क्षमतामा वृद्धि भएसँगै ब्याट्रीको क्षमतामा सोही अनुसारको सुधार हुन सकेको छैन । सोही कारण ब्याट्रीमा बढि भार पर्दछ र विस्फोट हुने खतरा बढिरहेको छ ।

मल्टीविन्डोजमा काम गर्ने स्मार्टफोनको ब्याट्री

स्क्रिनमा एकैपटक धेरैवटा विन्डोज चल्ने स्मार्टफोनको ब्याट्रीमा सधै भार परिरहेकेा हुन्छ । जसका कारण फोनभित्रको तापक्रम बढ्दछ र सर्ट सर्किट हुने खतरा बढ्दछ । तापक्रम धेरै हुनुका कारण ब्याट्रीभित्र यस्तो स्थिति बन्दछ जसले अझै तापक्रम बढाउँदछ र रासायनिक प्रतिक्रियाको स्थिति पैदा हुन्छ । तिव्र रासायनिक प्रतिक्रियाका कारण ब्याट्रीमा विस्फोट तथा आगलागी हुनसक्छ ।

केही पूराना ब्याट्रीलाई धेरै चार्ज गरिरहँदा पनि यस्तो स्थिति आउन सक्दछ । यद्यपि आजकल स्मार्टफोनहरुमा चार्ज पूरा भएपछि चार्जिंङ आफै डिस्कनेक्ट हुने प्रविधि हुन्छ र चार्ज पूरा भएपछि फोन चार्जमै राख्दा पनि ब्याट्रीमा कुनै असर पर्दैन । तर राम्रो यो हुन्छ की ब्याट्रीमा चार्ज पूरा भएपछि चार्जरबाट स्मार्टफोनलाई छुटाउनुहोस् ।

के चार्ज गर्दा फोन तात्दछ ?

स्मार्टफोन निर्माता कम्पनीहरुले जसै क्षणभरमा ब्याट्री चार्ज हुने प्रविधिको विकास गरिरहेका छन् त्यसले ब्याट्रीमा खराब असर पार्ने जोखिम हुन्छ । ब्याट्रीमा तिव्ररुपमा विद्युत चार्ज प्रवाह हुँदा स्मार्टफोन स्वभाविक रुपमा तात्दछ । त्यसैले चार्जमा राखेको बेला स्मार्टफोनमा फोनकल उठाएर कहिल्यैपनि कुराकानी नगर्नुहोस् ।

चार्ज गर्दा यदि स्मार्टफोन बढि नै तात्यो भने तत्कालै चार्जिंग बन्द गर्नुस् । स्मार्टफोन तातेको छ भने त्यसलाई खोलबाट बाहिर निकालेर सेलाउन छाड्नुहोस् । चिसो भैसकेपछि मात्र पुनः चार्जमा राख्नुहोस् ।

स्मार्टफोन खरीद गर्न सँगै जुन चार्जर आएको हुन्छ, त्यसले मात्र चार्ज गर्नुहोस् । बजारमा पाइने कमसल चार्जर प्रयोग नगर्नुहोस् । सस्तो चार्जरले ब्याट्रीमा असर पूराउन सक्छ र त्यसले असन्तुलित विद्युत चार्ज प्रवाह भई ब्याट्री पडि्कने तथा स्मार्टफोनमा शर्ट सर्किट हुने जस्ता समस्या आउन सक्दछन् ।

इदि क्विक चार्ज वा टाइप सी चार्जर वा चार्जिंग पोर्ट प्रयोग गरिरहनुभएको छ भने स्मार्टफोन खरीद गर्दा नै पाइएको तार प्रयोग गर्नुहोस् ।
के ओछ्यानमा राखेर फोन चार्ज गर्नुहुन्छ ?

ओछ्यानमा राखेर स्मार्टफोन चार्ज नगर्दा नै राम्रो हुन्छ । रातमा निदाएको बेला यदि तपाइँ फोनमाथि नै पल्टिनुभयो र चार्ज गरिरहेको फोन धेरै तात्यो भने विस्फोट भएर दुर्घटना पनि हुनसक्छ ।

सिरानीमुनि राखेर स्मार्टफोन तथा ट्याब्लेट चार्ज कहिल्यैपनि नगर्नुहोस् ।

सूर्यको प्रकाशयुक्त तथा धेरै तापक्रमयुक्त ठाउँमा समेत लामो समय फोन चार्ज नगर्नुहोस् । यसो गर्दा फोन तातेर ब्याट्री पडि्कन सक्छ ।
गर्मीयाममा गाडी चलाइरहेको बेला ड्यासबोर्डमा स्मार्टफोन राखेर चार्ज नगर्नुहोस् ।

चार्ज गरिरहेको समयमा यदि फोनको ब्याट्री फूल्न थालेको छ भने होसियार हुनुहोस् र चार्ज छुटाइहाल्नुस् ।

यदि यसरी बिग्रिएको स्मार्टफोनको ब्याट्री फेर्नुपर्ने अवस्था आयो भने पूरानो बिग्रिएको ब्याट्री फ्याँकि नहाल्नुस् । यदि तपाइँले फोन किन्दा नै वारेन्टी लिनुभएको छ र वारेन्टी समयभित्रै हुनुहुन्छ भने बिक्रेताकहाँ लगेर नयाँ ब्याट्री साट्न सक्नुुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment