Comments Add Comment

तरुण दल अध्यक्षमा बस्नेत र महासचिवमा शाही चुनिए

jitjang-bhupendra-and-bidwan
तरुण दलका अध्यक्ष जितजंग बस्नेत (बीचमा) । तस्वीर: दिनेशविक्रम शाह

१ मंसिर, काठमाडौं । सर्वसम्मत पदाधिकारी चयन गर्दै नेपाल तरुण दलको चौथो महाधिवेशन सकिएको छ । पोखरामा आयोजित तरुण दलको महाधिवेशनबाट जीतजंग बस्नेत अध्यक्ष चुनिएका छन् ।

यसैगरी उपाध्यक्षमा उत्तमकुमार चापागाईं, महासचिवमा भुपेन्द्रजंग शाही र कोषाध्यक्षमा विद्वान गुरूङ चयन भएका छन् । अध्यक्ष बस्नेत शेरबहादुर देउवा पक्षका, चापागाईं कृष्णप्रसाद सिटौला पक्षका र शाही रामचन्द्र पौडेल पक्षका हुन् । यस्तै कोषाध्यक्ष गुरुङ खुमबहादुर खड्का निकट मानिन्छन् ।

पौडेल समूहबाट वीपीका नाति सिद्धार्थ कोइराला, प्रकाशमान सिंहका छोरा प्रबासमान सिंह र डा. रामशरण महतका भतिज रमेश महतको दाबी थियो । तर, पौडेलले शाहीको नाम सिफारिस गरे ।

अब सिद्धार्थ भने पदाधिकारीमा नपर्ने देखिएको निर्देशक समितिका एक सदस्यले अनलाइनखबरलाई बताए ।

प्रकाश कोइरालाका छोरा सिद्धार्थ कांग्रेसको १३ औं महाधिवेशनको पूर्वसन्ध्यामा राजनीतिमा आएका थिए । सुनसरीबाट महाधिवेशन प्रतिनिधि बनेका उनी तरुण दलको पदाधिकारीका दाबेदार थिए । उनलाई उपसभापति बनाउन कांग्रेस सभापति देउवा सकारात्मक पनि थिए ।

तर, सिटौला समूहलाई मिलाउँदा पदाधिकारी नबढाउने र महासचिव पौडेल समूहमा परेपछि उनी पदाधिकारीमा नपरेको स्रोतले बतायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment