२६ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था तरुण दलले केन्द्रको सहमतिबिना संगठन विस्तार नगर्न जिल्ला समितिलाई परिपत्र गरेको छ ।
केन्द्रको समन्वय र सहमति विना संगठन विस्तार नगरी यथास्थानमा राख्न परिपत्र गरिएको छ ।
तरुण दलका मुख्य सचिव ठानप्रसाद पोखरेलले जिल्ला समितिहरुलाई पत्र लेखि दलको प्रारम्भिक सदस्यता प्राप्त गर्नका लागि पार्टी केन्द्रीय कार्यालय सम्पर्क गर्न आग्रह गरिएको छ ।
तरुण दलको तदर्थ समिति क्रियाशील छ । विद्धान गुरुङको अध्यक्षतामा रहेको तरुण दलले यसैवर्षभित्र अधिवेशन गर्ने निर्णय लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4