नायिका झरना थापाले पहिलो पटक निर्देशन गरेको चलचित्र ‘ए मेरो हजुर २’को छायांकन सकिएको छ । डेढ महिना बढी काठमाण्डौ बाहिर चलचित्रको छायांकन गरेकी झरना थापा लामो समयदेखि मिडियाबाट टाढा रहेकी थिइन् ।
तर, अमेरिका जानु भन्दा केहि दिन अगाडि मिडियासँग भेटघाट गरेकी झरनाले अनलाइनखबरसँग ‘मस्ती टक’ गरेकी छिन् । पति सुनिलकुमार थापासँगै झरनाले चलचित्र छायांकनका पल र व्यक्तिगत जीवनका कुरा गरिन् । एक महिना लामो बिदा मनाउन झरना र सुनिल अमेरिका जान लागेका हुन् ।
एउटा निर्देशक भएपछि हरेक कलाकारको अनुहारमा आफूलाई देख्ने गरेको बताउँदै झरनाले कलाकारको चिन्ता बढी हुने बताइन् । उनले निर्माता र निर्देशक आफै भएपछि कलाकारले के खाए-खाएनन्, के गर्दैछन् भन्ने चिन्ता बढी हुने सुनाइन् । उनले घरकै पैसा भएपनि कम खर्च गरौ भन्ने सोच भने नआएको सुनाइन् ।
के अब नायिका झरना थापाको यूग सकिएको हो भन्ने प्रश्नमा उनले भनिन्-‘अब तपाइहरु सोझो भाषामा यहि नै वुझ्नु हुन्छ भनेपनि मलाई केहि भन्नु छैन । अझै पनि म नायिका हुँ, हिरोसँग रोमान्टिक दृश्यमा नाच्छु भनेर सोच्दिन । सयवटा चलचित्र त मैले खाइसकेँ । अझै, कति खानु र हैन । तर, जसरि पनि यहि क्षेत्रमा नै काम गरौ भन्ने लाग्छ ।’
झरना र सुनिलसँग गरिएको ‘मस्ती टक’को भिडियो यहाँ हेर्नुहोस्ः
झरनाको फिगर मेन्टेन गजबकै छ । उनले आफूलाई कुन ठाउँमा कसरी फिट राख्नुपर्छ भन्ने राम्रैसँग थाहा भएको पनि बताइन् । पति सुनिलकुमार थापालाई झरना रोमान्टिक लाग्छ । झरना पनि सुनिललाई रोमान्टिक पतिको रुपमा हेर्छिन् । उनले भनिन्-‘उहाँ एकदमै चिमोट्ने, तान्ने, चुलवुल गर्ने खालको हुनुहुन्छ । फ्रेस भएर हिडेको नै उहाँलाई मनपर्छ ।’
रमाइलो कुरा गर्दै सुनिलले आफ्नो प्रेमिका नै झरना भएको खुलाए । ‘ए मेरो हजुर २’ निकै मिहिनेतका साथ बनाएको भन्दै यो जोडीले उत्कृष्ट बिषयमा उत्कृष्ट चलचित्र बजारमा ल्याउने दाबी समेत गरेको छ । चैत्र १८ गतेबाट यो चलचित्र रिलिज हुँदैछ ।
आफूलाई कसरी राख्ने, म कुन ठाउमा छु र मलाई कसरी राख्दा ठिक हुन्छ भन्ने मलाई थाहा छ । म अझै पर्फ]{ट नै छु । सेलिब्रेटी हो हरेक कुरामा फिट हुनुपर्छ । सुनिललाई झरना रोमान्टिक हुनुहुन्छ । चिमोट्ने तान्ने, चुलबुल गर्ने खालको हुनुहुन्छ । फ्रेस भएर हिडेको मनपर्छ सुनिललाई ।
प्रतिक्रिया 4