+
+
Shares

संविधान संशोधनमा एमालेः केपी ओली नरम, माधव नेपाल गरम भएकै हुन् त ?

शंकर पोखरेल भन्छन्- संविधान संशोधनमा पार्टी एकमत छ

अनलाइनखबर अनलाइनखबर
२०७३ मंसिर ३ गते १७:५५

kp-oli-and-Madhav-nepal

३ मंसिर, काठमाडौं । सरकारले ल्याउन लागेको संविधान संशोधनको प्रस्ताव बारे एमालेभित्र दुई लाइन संघर्षमा फेरबदल आउन लागेको चर्चा चल्न थालेको छ । केपी ओलीले संविधान संशोधनमा सघाउने आश माओवादी नेताहरुमा जागेको छ भने ओलीले पूर्वअडान छाड्ने हुन् कि भनेर माधव नेपाल पक्षमा त्रास बढेको छ ।

‘हाम्रा अध्यक्ष ओली कामरेडले लोकमान प्रकरण र संविधान संशोधन प्रकरण साटासाट गर्ने हुन् कि भन्ने डर हामीलाई बढ्न थालेको छ,’ माधव नेपाल पक्षका एक एमाले नेताले अनलाइनखबरसँग भने, ‘संविधान संशोधनमा सीमांकन हेरफेर एमालेलाई कदापि स्वीकार्य छैन ।’

उता माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड भने केपी ओलीलाई दुईचोटि भेटिसकेपछि केही उत्साही देखिएका छन् । ओलीले संविधान संशोधनमा अन्तिम घडीमा आफूलाई सघाउन सक्ने विश्वास लागेको प्रधानमन्त्रीले आफू निकटस्थहरुलाई बताउने गरेका छन् ।

प्रधानमन्त्री प्रचण्ड सकेसम्म एमालेको समेत विश्वास लिएरै संविधान संशोधनको प्रस्ताव दर्ता गर्ने प्रयासमा लागेका छन् ।

आखिर के नेकपा एमालेभित्र संविधान संशोधनको प्रस्तावलाई हेर्ने सवालमा केपी ओली नरम र माधव नेपाल पक्ष गरम वा अनुदार देखिएकै हो त ? ओलीले मिलेर जाऔं भनेको तर माधव नेपाल र वामदेव गौतमले कडापन देखाएको भन्ने माओवादी बुझाइमा सत्यता छ कि छैन ?

यसबारे प्रश्न गर्दा केपी ओली पक्षका भनेर चिनिने एमाले नेता शंकर पोखरेलले अनलाइनखबरसँग भने- ‘यस्तो अनुमानमा सत्यता छैन, संीवधान संशोधनको विषयमा एमालेमा एउटै लाइन छ । कमसेकम ५ नम्बर प्रदेश फुटाउनु हुँदैन भन्ने र अंगीकृतलाई राजनीतिक अधिकार दिइनुहुँदैन भन्नेमा एमाले एक ढिक्का छ ।’

पार्टी अध्यक्ष ओलीले सुरुदेखि अहिलेसम्म एउटै अभिव्यक्ति दिएको भन्दै नेता पोखरेलले माधव नेपाल पक्षको त्रास र माओवादी पक्षको आश दुबैलाई खण्डन गरे ।

यसैवीच विहीबार एक सार्वजनिक कार्यक्रममा बोल्दै एमाले अध्यक्ष केपी ओलीले आफ्नो पूर्वअडान परिवर्तन नभएको संकेत गरेका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?