चलचित्र ‘प्रेमगीत’ सफल हुनु भन्दा अगाडि नायिका पूजा शर्मा दर्शकमाझ खासै नोटिस भएकी थिइनन् । तर, यो चलचित्रले उनलाई दर्शक र मिडियामाझ नोटिस गराइदिएको छ । एकपछि अर्को चलचित्र असफल हुँदा पूजाले धेरै पटक भगवानसँग रिस पोखेको बताइन् ।
अनलाइनखबरसँग ‘मस्ती टक’ गर्ने क्रममा पूजाले आफ्नो असफल करिअर र अहिले पाएको सफलताको बिषयमा कुरा गरिन् । निर्देशक सुदर्शन थापाको चलचित्रमा मात्र देखिने पूजा भन्छिन्–‘उहाँले मलाई वुझ्नुहुन्छ ।’
पूजासँग गरिएको ‘मस्ती टक’ यहाँ हेर्नुहोस्ः
रमाइलो कुरा गर्ने क्रममा पूजाले आफ्नो खुल्दै गएको पहिरनको बिषयमा पनि बोलिन् । उनले पहिरन खुलेको लगाएपनि आफू घरबाट नै सजग भएर हिड्ने बताइन् । उनका अनुसार, कार्यक्रममा पुगेपछि उनी पहिरन तान्ने काम गर्दिनन् ।
चलचित्र ‘म यस्तो गीत गाउँछु’को तयारीमा रहेकी पूजा यसका नायक पल शाहलाई आफूले मन पराउन थालेको सुनाउँछिन् ।
प्रतिक्रिया 4