Comments Add Comment

ग्राउण्डेड सिष्टमबाट चितवनको माडी पुग्यो बिजुली, वितरण सुरु

janardan-sharma
४ मंसिर, चितवन । चितवनको माडीमा पहिलोपटक अन्डर ग्राउण्ड सिष्टमबाट विद्युत् प्रसारण गरिएको छ । घरमा विद्युत आएसँगै स्थानीयहरु खुसी भएका छन् ।

२०६६ सालबाट साविक माडीको ४ वटा गाविसलाई लक्षित गरि विद्युत वितरण गर्न काम सकिएसँगै १ सय बढी घरलाई विजुली बाल्न दिएपछि माडीका घरहरु विजुली बाल्न थालेको हो ।

म्ााडीको वसन्तपुरमा भरतपुर-माडी ३३ केभीए प्रसारणलाइन तथा ग्रामीण विद्युत आयोजनाबाट सुरु विद्युत प्रसारणको एक समारोहकाबीच उर्जा मन्त्री जनार्दन शर्मा प्रभाकरले उद्घाटन गरेका थिए ।

यसअघि गएको जेठमा माडी नगरपालिका अगाडिको टान्सर्फमर र रमाइलो डाँडाको ट्रान्सर्फमरबाट माडीमा पहिलोपटक बिजुली बलेको थियो । २०७२ सालको माघमा माडी पहिलो पटक विद्युत् परीक्षण सफल भएकोमा अन्डर ग्राउण्ड सिष्टम केही समस्या आएपछि यति लामो समयपछि बिजुली घरमा पुगेको हो ।

विद्युत् पुर्‍याउन ५० लाख विनियोजन गरिएको थियो । माडी पुगेका उर्जामन्त्री जनार्दन शर्माले जनताको सहयोग र विद्युत्त प्राधिकरणको नयाँ नेतृत्वको आँटका कारण काठमाडौंलाई लोडसेडिङमुक्त पानर्ेे अभियान सफलतातर्फ अगाडि बढिरहेको बताए ।

janardan-sharma-2विद्युत्तको कालोबजारीमा ठूलो गिरोह सक्रिय रहेकोले सोको अन्त्यका लागि आफुले कदम चालेको उनले बताए । अन्य जिल्लाहरुमा पनि सुधारका प्रयास जारी रहेकोले केही महिनामै नयाँ अध्याय जनताले स्पष्टसँग देख्ने उनको भनाइ थियो ।
यो परियोजनाअन्तर्गत माडीमा विद्युतीकरणको काम २०६६ सालबाट सुरु भएको थियो । आयोजनाले नेपाल विद्युत प्राधिकरणको भरतपुर शाखालाई परियोजना हस्तान्तरण गरेर छिटो माडीका घरहरुमा समेत विजुली बाल्न प्रोत्साहित गरेको भरतपुर शाखाका प्रमुख रामदुलाल यादवले जानकारी दिए ।
११ हजार भोल्टको प्रसारणलाइनबाट २ वटा फिडरमार्फत वितरण गरिने विजुलीको लागि माडी क्षेत्र भरि २४ वटा ट्रान्सर्फमर जडान गरिएको छ ।

गएको असोज ८ गतेबाट सरकारी कार्यालय र स्थानीयकोमा गरी हालसम्म एक सय ग्राहककोमा विद्युत वितरण गरिसकेको केन्द्रका सुपरभाईजर आन्नद कुवँरले जानकारी दिए ।

वर्षौंदेखि विद्युत् बाल्ने आशा बोकेर बसेका उपभोक्ता यो वर्षदेखि भने उपभोग गर्न पाउने भएपछि खुसी भएको स्थानीय सूर्य पाठकले बताए ।

चितवनको सदरमुकाम भरतपुरबाट करिब ४० किमी दक्षिणमा माडी नगरपालिका पर्छ । यो क्षेत्र जान चितवन निकुञ्ज पार गरेर जानुपर्ने भएकाले अहिलेसम्म विद्युत् बाल्न ढिलाइ भएको हो ।

अहिले निकुञ्जमा करिब आठ किमीमा जमिनमुनिबाट तार लगिएको दुलालले बताए ।

विगतका समस्यालाई समाधान गरेर विद्युत् माडी पुर्‍याइएको चितवनका विद्युत् इन्जिनियर राजेन्ऽ पौडेलले जानकारी दिए । भरतपुर-माडी ३३ केभी ग्रामीण विद्युतीकरण आयोजना र चनौली-जगतपुर ३३ केभी विद्युतीकरण आयोजनाले यहाँ काम गर्दै आएको थियो ।

अहिले माडीको एक तिहाइ क्षेत्रमा पोल गाडेर तार समेत टाँगिसकिएको छ । पहिलो चरणमा पोल गाडेको क्षेत्रमा पनि विद्युत् प्रवाह गरिएको केन्द्रले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment