Comments Add Comment

भारतीय व्यापारीको हत्या

५ मंसिर, इनरुवा । सुनसरीको प्रकाशपुर गाविस–१ को बीच जङ्गलमा एकजना व्यापारीको शनिबार साँझ गोली हानी हत्या भएको छ ।

hatyaभारतबाट व्यापारको सिलसिलामा नेपालतर्फ आएका भारतको अररिया घुर्ना घर भएका मोहमद सिद्धकीको हत्या भएको सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।

सिद्धकीको हत्या भएको ठाउँबाट एउटा गोलीको खोका भेटेको र घटनाको विषयमा अनुसन्धान भइरहेको सुनसरीका प्रहरी उपरीक्षक पोषराज पोखरेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment