+
+

सोलु अनलाइनका सञ्चालकलाई रिहा गरियोस्ः फोनिज

अनलाइनखबर अनलाइनखबर
२०७३ मंसिर ५ गते ९:०७

५ मंसिर, काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले सोलुखुम्बु अनलाइनका सञ्चालक तथा सम्पादक महेश रानामगरलाई तत्काल रिहा गर्न माग गरेको छ ।

Fonij-Logoचितवनका जीवन थापा र जोयाका विषयमा समाचार लेखेको आरोपमा गिरफ्तार गरेर चितवन प्रहरी कार्यालयमा राखिएको भन्दै फोनिजका अध्यक्ष डण्ड गुरुङले रानामगरलाई तत्काल रिहा गर्न माग गरेका हुन् ।

गुरुङले विज्ञप्ति जारी गर्दै भनेका छन्– ‘समाचार लेखेको विषयमा चित्त नबुझे कानूनी उपचार खोज्ने संवैधानिक हक हुँदाहुँदै एउटा कलमजीवी पत्रकारलाई हत्कडी लगाएर थुनामा राख्ने काम कदापि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा हुन सक्दैन । अतः सम्पादक रानामगरको तत्काल रिहाइ गर्न र दोषीमाथि थप कारवाही गर्न हामी जोडदार माग गर्दछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?