Comments Add Comment

भारत कानपुरमा रेल दुर्घटना, ६३ को मृत्यु

india-train-accident५ मंसिर, काठमाडौं । भारत कानपुरमा रेल लिगबाट बाहिरिदा कम्तिमा ६३ जनाको मृत्यु भएको छ ।

पटना इन्डोर एक्सप्रेसको रेलका १४ डिब्बा लिगबाट बाहिरिदा दुर्घटना भएको हो । दुर्घटनामा १५० घाइते भएका छन् । रेल इन्डोरबाट पटना जाँदै थियो । दुर्घटना विहान ३ बजे भएको आजतकले जनाएको छ ।

रेलका प्रवक्ता अनिल सकसेनाले जनाए अनुसार कानपुर देहात नजिक पुखराया स्टेशनमा इन्दोर पटना एक्सप्रेस १९३२१को १४ डब्बा पट्रीबाट छुट्टिएका थिए ।

कानपुका डीएम कुमार रविकांत सिंहले घटनामा ६३ मृत्युको पुष्टि गरेका हुन् । उनले डिब्बामा फसेकाहरुको उद्धार प्रयास भइरहेको बताए ।

प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीटर मार्फत दुर्घटनामा दुख व्यक्त गर्दै शोकाकुल परिवार प्रति संवेदना जनाएका छन् ।

रेल मन्त्री सुरेश प्रभुले उद्धार एवं राहत जारी रहेको जानकारी दिए । उनले दुर्घटनाको जाँच तत्काल सुरु हुने भन्दै यसकालागि जिम्मेवार विरुद्ध कडा कारबाही गर्ने बताएको बीबीसीले उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment