Comments Add Comment

छुरी, चिम्टा र हृयाङ्गरको सहयोगले अपरेशन !

medial-kit

बिरामीको ज्यान बचाउनु कुनै पनि डाक्टरको जिम्मेदारी हो । आज मेडिकल साइन्सले यस्तो छलाङ मारिसकेको छ कि मर्न लागेका बिरामीलाई पनि नयाँ जिन्दगी दिन सकिएको छ । तर, यसका लागि अत्याधुनिक मेसिनको आवश्यकता पर्छ ।

थुप्रै मुलुकले यसका लागि ठूलो खर्च गरिरहेका छन् । तर, हरेक देशसँग यतिधेरै पैसा हुँदैन । थुपैं ग्रामिण इलाकामा पनि उपचारका लागि उचित सुविधा हुँदैन ।
अब सवाल यो हुन्छ कि बिना सुविधा बिरामीको ज्यान कसरी बचाइन्छ ? यस्तोमा डाक्टरको सुझबुझ तथा क्षमताले नै बिरामीको ज्यान जोगाउन सकिन्छ ।
संसारमा यस्ता डाक्टरहरु पनि छन् जसले निक्कै मुस्किल परिस्थितिमा पनि बिरामीको उपचार गरी ज्यान जोगाएका छन् । यस्तो अवस्थामा कि उनीसँग कुनै मेडिकल उपकरण थिएन । हामीले यस्तै केहि डाक्टरहरुको अनुभव उल्लेख गरेका छौं ।

एंगेस वालेस, बेलायतका एक अनुभवी र चर्चित हाडजोर्नी डाक्टर हुन् १९९५ मा उनी एक हवाइ यात्रामा थिए । जहाजमा एक यात्री यस्ती थिइन् कि एयरपोर्ट आउँदै गर्दा उनी दुर्घटनामा परेकी थिइन् । जहाजको उडान भर्नेबित्तिकै ती महिलाले हातमा निक्कै पीडा महशुस गरिन् । उनलाई लागेको थियो कि उनको हातमा मात्र चोट छ तर उनको करङमा पनि चोट लागेको थियो ।

त्यतिबेला त्यस जहाज ३३ हजार फिटको उचाइमा उडिरहेको थियो । जहाज रोकेर उनलाई अस्पताल पुर्‍याउन सम्भव भएन । यस्तो अवस्थामा डाक्टर वालेसले ती महिलाको उपचार गरे ।

डाक्टरले थाहा पाए कि महिलाको करङ भाँच्चिएको थियो । दुर्घटनामा उनको फोक्सोसँगैको झिल्ली फुटेको थियो । जसको कारण स्वास लिइरहेको समयमा उनको फोक्सोबाट हावा शरीरको भित्रै निस्किएको थियो । डाक्टर वालेसले आफ्नो बुद्धिमताले जहाजभित्रै ती महिलाको उपचार गरिदिए ।

डाक्टर वालेसले एक छुरी र चिम्टाको सहयोगले ती महिलाको शरीर चिरे । एक हृयाङ्गर सीधा बनाएर त्यसलाई अल्कोहलले धोएर अपरेशनका लागि प्रयोग गरे । जहाजमा जुन टेप थियो, त्यसैले उनको टाँका बन्द गरिदिए । यो एक सफल अपरेशन थियो ।

यस्तो स्थिति जहिलेपनि आउन सक्छ, जव तपाईंसँग आभुनिक मेडिकल औजार हुँदैन । जुन मुलुकमा गरिवी धेरै हुन्छ, त्यहाँ त यस्तो हालतमा धेरै मानिसहरु गुजि्ररहेका हुन्छन् ।

केनेथ इसरसन यस्ता डाक्टर हुन् जसले भुटान, घाना, जाम्बिया, दक्षिणी सुडानजस्ता मुलुकमा काम गरेका छन् । मेडिकल सुविधा त त्यहाँ भगवान भरोसा हो ।

उनका अनुसार यहाँ मानिसको उपचार, त्यतिबेला भेटिएका चिजहरुको प्रयोग गरेर नै गरिन्छ । राम्रो सुविधाको पर्खाइमा डाक्टरले बिरामीलाई त्यत्तिकै छोड्न पनि त मिल्दैन, त्यसैले हरेक डाक्टरहरु यस्तो अवस्थाका लागि तयार हुनुपर्छ ।

dr-and-patient

सन् २०१० मा उनी घानाको एक अस्पतालमा काम गरिरहेका थिए । जव एक तीन बर्षकी बालिकालाई गम्भीर दुर्घटनापछि अस्पताल ल्याइएको थियो । त्यस बालिकालाई तत्काल सिटी स्क्यानको जरुरत थियो तर घानाको अस्पतालमा त्यो सुविधा थिएन । बालिकालाई स्वास लिन अप्ठेरो भइरहेको थियो । उनको नाकमा पाइप राखेर अक्सिजन दिनुपर्ने थियो तर, बालिकाको नाकमा छिर्ने पाइप अस्पतालमा थिएन ।

डाक्टर इसरसनले कुनै अर्को औजारको पाइप काटेर बालिकाको नाकसँग फिट हुने पाइप तयार पारे र बच्चाको दूधको बोत्तलमा सानो प्वाल पारेर त्यसैमार्फत उनलाई अक्सिजन दिने प्रवन्ध मिलाए ।

डाक्टर इसरसन भन्छन्, ‘थुपै्र अवस्थामा बिरामीलाई दिने औषधि पनि उनीसँग हुँदैनथ्यो । यस्तोमा घरमा प्रयोग हुने कुराहरुलाई मेडिकल साल्टवाला औषधि मिलाएर प्रयोग गरिन्थ्यो ।

फौजी इलाकामा त अक्सर यस्ता किसिमका समस्याहरु निक्कै हुन्छन् । यतिसम्म कि बिजुलीको सुविधा नभएको स्थानमा पनि बिरामीको ज्यान बचाउने काम गर्नुपर्ने हुन्छ ।

इम्यानुएल बमोगो पेशाले एक सुडेनी हुन् । पछिल्लो धेरै बर्षदेखि उनी मध्य अफि्रकी गणाज्यमा काम गरिरहेकी छन् । यस इलाकामा काम गर्नु निक्कै चुनौतिपूर्ण हुन्छ । यहाँ औषधि र डाक्टरहरुको कमी हुन्छ भने बिरामीको सङख्या धेरै हुन्छ । गर्भवती बिरामीको उपचार त्यहाँ सबैभन्दा बढी चुनौतिपूर्ण हुन्छ ।

बमोंगो भन्छिन् कि थुपै्र पटक उनले आफ्नो मोवाइलको टर्च बालेर बच्चाको डेलिभरी भराएकी छन् । उनका अनुसार यस्तो अवस्थामा एक अनुभवी डाक्टरको उपस्थिति त जरुरी हो नै साथसाथै जुन डाक्टरलाई यस्तो स्थानमा पठाइन्छ उनलाई पर्याप्त तालिम पनि दिनुपर्छ ।

बीबीसी हिन्दीबाट अनुवादित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment