Comments Add Comment

सलमानको डिमाण्ड-‘ट्यूबलाइटको क्लाइमेक्स फेरि खिच्नुपर्छ’

salman-in-tubelight
नायक सलमान खान आउँदो बर्षको इदमा रिलिज हुन लागेको चलचित्र ‘ट्यूबलाइट’को छायांकनमा व्यस्त छन् । चलचित्रको छायांकन चलिरहँदा नायक खान र यसका निर्देशक कविर खानविच लफडा सुरु भएको छ । ‘एक था टाइगर, बजरंगी भाइजान’मा एकसाथ काम गरेका सलमान र कविरको लफडाले चलचित्रको छायांकन पनि प्रभावित भएको छ ।

भारतीय मिडियाका अनुसार अब सलमानले चलचित्रको क्लाइमेक्स फेरि खिच्नुपर्ने अडान राखेका छन् । मनालीमा चलचित्रको क्लाइमेक्स सुट भैसकेको छ । तर, सलमानले यसको क्लाइमेक्सलाई चित्त वुझाएनन् । जसकाकारण, उनले मुम्बइमा नै मनालीको सेट लगाएर क्लाइमेक्स खिच्नुपर्ने अडान राखेका छन् ।

सलमानको यो अडानमा चलचित्रको निर्माण यूनिट सहमत भैसकेको छैन । किनकी, मुम्बइमा मनालीको सेट लगाउनु आफैमा सजिलो काम नभएको निर्माण युनिटको वुझाई छ ।

सलमान यो चलचित्रको छायांकन चाडो सकेर अन्य प्रोजेक्टमा व्यस्त हुन चाहन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment