६ मंसिर, काठमाडौं । अष्ट्रेलियन क्रिकेटर माइकल क्लार्कले यू-१९ एसिया कपपछि पनि सन्दिप लामिछानेले चाहे अष्ट्रेलियामा खेल्न सक्ने बताएका छन् ।
नेपालले यू-१९ एसिया कप क्रिकेट खेल्दैछ र त्यसका लागि सन्दिप श्रीलंका जानेछन् । अष्ट्रेलियाका पूर्व क्रिकेटर क्लार्कले नै सन्दिपलाई अष्ट्रेलिया लगेका छन् र आफ्नो एकेडेमी वेष्टर्न सबअर्ब्समा खेल्ने मौका दिएका छन् ।
सोमबार फेसबुक भिडियो लाइभमा सन्दिपसँगै आएका क्लार्कले भने, मलाई लाग्छ । एसिया कपपछि उनी सिनियर क्रिकेटर हुनेछन् । यदि उनी खाली रहे भने म उनलाई फेरि अष्ट्रेलिया नै ल्याउन चाहन्छु । यसमा कुनै शंका छैन ।’
आफ्नो क्लबबाट सन्दिपले राम्रो गरेको र, सबैले उनलाई रुचाएको क्लर्कले बताए । सन्दिपले भने आफ्नो सपना विश्वकप भएको बताए । साथै नेपालका लागि खेल्ने बताए ।
प्रतिक्रिया 4