+
+

संविधान संशोधनविरुद्ध सडक आन्दोलन गर्ने एमालेका युवा र विद्यार्थी संगठनको चेतावनी

 संविधानका राम्रा र नराम्रा पक्षबारे सर्वपक्षीय 'बिग बहस' हुँदै

अनलाइनखबर अनलाइनखबर
२०७३ मंसिर ७ गते १६:२२

 

 

amale-press-meet

७ मंसिर,काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका युवा र विद्यार्थी संगठनहरुले संविधान संशोधन र सांसदको तलब सुबिधा बृद्धिविरुद्ध आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।

युवा संघ नेपाल र अनेरास्ववियुले मंगलवार काठमाडौंमा पत्रकार सम्मेलन गरी विदेशीको इशारामा हुन लागेको संविधान संसोधन विरुद्ध हिमाल, पहाड र तराई सबैतिर आन्दोलन चर्काउने चेतावनी दिइएको हो ।

पत्रकार सम्मेलनमा युवा संघ अध्यक्ष राजीव पहारीले भने- ‘देशमा सहमति नगरी विदेशीको इशारामा जबर्जस्ती संविधान संशोधन बिधेयक अघि बढाइए सडक र संसदमा मानव सांङ्लो बनाएर प्रतिरोध गरिनेछ ।’

उनले अख्तियार प्रमुख लोकमानसिंह कार्की माथिको महाअभियोग प्रस्ताव अलपत्र पारेर संसदले सांसदको तलब सुबिधा बृद्धिको बिधेयक हतार हतार पारित गरेको भन्दै आपत्ति जनाए ।

पत्रकार सम्मेलनमा अनेरास्ववियुकी अध्यक्ष नविना लामाले संविधान कार्यन्वयन गर्नुपर्ने बेलामा संविधान संशोधनका नाममा विदेशी शक्तिलाई खुसी पार्न सत्ता गठबन्धन जबर्जस्ती अघि बढेको आरोप लगाइन् ।

उनले राष्ट्रिय स्वाभिमानको रक्षा र संविधान कार्यन्वयनका लागि विद्यार्थी आन्दोलन चर्काउने चेतावनी दिइन् । लामाले एमालेले लिएको अडान सही रहेको भन्दै सदन र सडक आन्दोलन सुरु हुने बताइन् ।

जनता महँगी थेग्न नसक्ने अवस्थामा पुगेका बेला सांसदहरुको तलब भत्ता बढाउनुले निराशा र आक्रोश उत्पन्न भएको भन्दै उनले यसविरुद्ध अखिल एक्लै र संयुक्त विद्यार्थी आन्दोलन पनि चर्काउने उनले बताइन् ।

पत्रकार सम्मेलनमा संविधान कार्यन्वयनको सन्दर्भमा यह मंसिर ९ गते प्रज्ञा भवनमा ‘बिग बहस’ आयोजना हुन लागेको जानकारी समेत दिइएको थियो । सो बहसमा संविधानका बिभिन्न पक्षबारे शीर्ष नेताहरुले बिचार व्यक्त गर्ने पहारीले बताए ।

बहसमा एमाले अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष भीम रावल, कांग्रेस नेता प्रकाशमान सिंह, माओवादी नेता टोपवहादुर रायमाझी, राप्रपा अध्यक्ष कमल थापा, मधेशी मोर्चाका हृदयेश त्रिपाठी, बिजय गच्छदार लगायतका नेताहरु सहभागी हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?