+
+
Shares

काठमाडौंमा तेस्रो मत्स्य महोत्सव हुने

अनलाइनखबर अनलाइनखबर
२०७३ मंसिर ७ गते १७:२०

Fish७ मंसिर, काठमाडौं । माछाको उत्पादन बढाउने र माछा पालन व्यवसायलाई आत्मनिर्भर बनाउने उद्धेश्यका साथ राजधानीमा माछा महोत्सव हुने भएको छ ।

मत्स्य व्यवसायी संघले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी मंसिर ९ गतेदेखि काठमाडौंमा तेस्रो मत्स्य महोत्सव गरिने जानकारी गराएको हो ।

संघले नेपाली मत्स्य उत्पादक किसानलाई प्रोत्साहन गर्ने र उपभोक्तालाई विभिन्न परिकार खुवाउने उद्देश्यका साथ महोत्सव आयोजना गर्न लागेको बताएको छ । महोत्सवमा माछाका विभिन्न आहारा र दाना, औजार, उपकरण, ह्याचरी, नर्सरी, माछा सप्लायर्स र माछा पसलेलाई समन्वय गरेर एकीकृत गरिनेछ ।

महोत्सवमा माछा पालनसम्बन्धी सरकारले अवलम्बन गरेका विभिन्न नीतिको आवश्यकता र नेपाली मत्स्य व्यवसायीको वास्तविकता बुझाउने आयोजकले जनाएको छ । स्वदेशी माछा खाऔं, स्वस्थ रहौं भन्ने मुल नाराका साथ गर्न लागिएको तेस्रो माछा महोत्सवमा विभिन्न होटल रेष्टुरेन्टका साथै माछा व्यवसायीका ६० वटा स्टल रहने छन् ।

महोत्सवमा माछाका विभिन्न उत्कृष्ठ परिकार बनाउनेहरुलाई पुरस्कृत पनि गरिने आयोजकले जनाएको छ । महोत्सव मंसिर १३ गतेसम्म चल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?