Comments Add Comment

साना दलहरुले मागे ठूला दल सरह सेवा सुविधा

थ्रेस होल्ड नराख्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र

prachnada-sanadal९ मंसिर, काठमाडौं । संसदमा भएका साना दलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर ठूला दललाई सरह सेवा सुविधा दिन माग गरेका छन् । साथै उनीहरुले थ्रेस होल्ड नराख्न माग गरेका छन् ।

साना दलका प्रतिनिधिहरुले बिहीबार प्रधानमन्त्री प्रचण्डलाई भेटेर हालै संसदबाट पास भएको संघीय संसदका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्वन्धी विधेयकको विरोध गरे ।

यो विधेयक अनुसार अब सत्तापक्षको प्रमुख सचेतकको सेवा सुविधा बुहमत प्राप्त दल वा सत्ता पक्षमा सहभाागी सदस्यको १० प्रतिशत भन्दा बढी सदस्य भएका दलले पाउनेछन् ।

सरकारले ल्याएको विधेयकमा यो सुविधाका लागि १० प्रतिशत सदस्य हुनु पर्ने बाध्यकारी व्यवस्था थिएन । तर, प्रमुख दलहरुले मिलेर संशोधन दर्ता गरे, त्यसलाई समेटेर विधेयक पास भएको छ ।

प्रधानमन्त्रीलाई भेट्न पुगेका फोरम लोकतान्त्रिकसहितका दलहरुले यसको चर्को विरोध गरेका छन् । संसदमै भएको दलहरुलाई विभेद भयो । ठूलो दलहरु आफूखुसी गरे भनेका छौं, भेटमा सहभागी खम्बुवान राष्ट्रिय मोर्चाका सांसद रामकुमार राईले अनलाइनखबरसँग भने ।

थ्रेस हाल्डको विरोध

साना दलका नेताहरुले राजनीतिक दलसम्वन्धी विधेयकमा थ्रेस हाल्ड नराख्न माग गर्दै ज्ञापन पत्र पनि बुझाएका छन् । समानुपातिक निर्वाचन प्रणाली अपनाएकाले थ्रेस होल्ड राख्न आवश्यक नभएको उनीहरुको तर्क छ ।  प्रधानमन्त्री प्रचण्डले थ्रेस होल्न हटाउनेबारे सकारात्मक जवाफ दिएको सांसद गोपाल दहितले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment