Comments Add Comment

जनकपुरमा विवाह पञ्चमीको तयारी तीव्र

janaki-temple

९ मंसिर, धनुषा । जनकपुरमा विवाह पञ्चमी महोत्सवको लागि तयारी तीव्र पारिएको छ । विवाह पञ्चमी महोत्सव मंसिर १४ देखि २० गतेसम्म चल्ने छ ।

त्रेता युगमा राम सिताको विवाह भएको सम्झनामा हरेक बर्ष जनकपुरमा विवाह पञ्चमी महोत्सव मनाउने गरिन्छ । महोत्सवमा सहभागी हुन भारतको अयोध्याबाट हजारौं दर्शनार्थीहरु जनकपुर आउने गर्दछन् ।

विवाह पञ्चमी महोत्सवलाई नजिकिएकाले जानकी मन्दिरलाई सजाउने काम गरिएको छ । नगरमा पनि सरसफाईको काम भइरहेको छ । विवाह पञ्चमी महोत्सवलाई भव्य बनाउन विभिन्न उपसमिति गठन गरी तयारीलाई तिव्र पारिएको जानकी मन्दिरका महन्थ रामतपेश्वर दासले जानकारी दिए ।

विवाह पञ्चमी महोत्सवको पहिलो दिन जनकपुर नगर दर्शन, दोश्रो दिन फुलवारी लिला, तेश्रो दिन धनुष यज्ञ, चौथो दिन तिलकोत्सव, पाँचौ दिन मटकोर कार्य, छठौं दिन शुभविवाह र सातौं दिन राम कलेवाको आयोजना गरिन्छ ।

विवाह पञ्चमी महोत्सवको अवसरमा जानकी मन्दिरमा धार्मिक कथा तथा राम लिला र झाँकीहरु पनि प्रदर्शन गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment