Comments Add Comment

बलिउडमा म आफ्नै मिहिनेतले सफल भएँः प्रियंका चोपडा

priyanka-chopra-hot
बलिउड नायिका प्रियंका चोपडाले आफ्नै प्रयासमा बलिउडमा अहिलेको स्थान बनाएको बताएकी छिन् । आफ्नो क्षमताकै कारण प्रसंशकमाझ उपस्थती दरिलो बनाउन सफल भएको उनको भनाइ थियो । उनले यो पनि भनिन्–‘आजसम्म मलाई कसैले कुनै सहयोग गरेको छैन । मैले जे जति हाँसिल गरें आफ्नै प्रयाशमा गरेँ’ उनले भनिन् ।

जतिवेला उनी बलिउडमा प्रवेश गरेकी थिईन्, उनका लागि बलिउड निकै नौलो थियो । वलिउडमा काम गर्ने कसैसँग पनि उनको चिनाजानी थिएन । मुम्बई शहर उनका लागि विल्कुल नयाँ थियो ।
होम प्रोडक्सनले निर्माण गरेको चलचित्र ‘सर्वानन’ को टे«लर लन्चको अवसरमा आयोजित कार्यक्रममा प्रियंकाले मिडियासँग कुरा गर्दै आफ्नो भोगाई प्रस्तुत गरेकि थिईन् ।

१७ वर्षको उमेरमा ‘मिस इण्डिया’ बनेकि प्रियंका ‘मिस वल्र्ड’ भएकी थिईन् भने सन् २००३ मा बनेको ‘द हिरो लभ स्टोरी अ स्पाइ’वाट करिअर सुरु गरेकि थिईन् । अहिले हलिउड सिरियल ‘क्वान्टिको २’को काममा ब्यस्त प्रियंकाले हलिउड चलचित्र ‘बेवाच’मा पनि काम गरिसकेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment