Comments Add Comment

बर्नलीमाथि सिटीको संघर्षपूर्ण जित, एग्युरोले गरे दुई गोल

sergio-aguero

११ मंसिर, काठमाडौं । सर्जिओ एग्युरोको दुई गोलको मदतमा म्यानचेष्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलमा बर्नलीमाथि संघर्षपूर्ण जित हात पारेको छ ।

शनिबार भएको खेलमा सिटीले बर्नलीमाथि २-१ गोल अन्तरको जित हात पारेको हो । जितसँगै सिटी कन्तिमा केही घन्टाका लागि शीर्ष स्थानमा उक्लिएको छ ।

घरेलु मैदानमा भएको खेलमा बर्नलीले १४ मिनेटमा नै अग्रता लिएको थियो । तर, जोगाउन सकेन ।

३७ औं मिनेटमा एग्युरोले बराबरी गोल फर्काए । ६० औं मिनेटमा उनले नै दोस्रो गोल गरे । बर्नलीले लगातार गोलको प्रयास गरेपनि सफल हुन सकेन र हार व्यहोरेको छ ।

जितपछि म्यानचेष्टर सिटी १३ खेलबाट ३० अंकका सात शीर्ष स्थानमा छ भने १४ अंक जोडेको बर्नली १४ औं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment