+
+
Shares

बस किन्न साझालाई थप ५ करोड दिने महानगरपालिकाको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७३ मंसिर १२ गते ११:३२

sajha-bus-pulchok-to-sinhadurbar-2
७ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाले साझा यातायातको थप ५ करोड रुपैयाँको सेयर किन्ने भएको छ । १० करोड रुपैयाँ बराबरको सेयर लिएर ३० वटा बस सञ्चालनमै ल्याएका दिन कामठमाडौं महानगरपालिकाले थप ५ करोडको सेयर साझालाई थप दिने घोषणा भएको छ ।

महानगरपालिकाका कार्यकारी प्रमुख रुद्रसिंह तामाङले थप ५ करोड रुपैयाँ साझालाई बस खरिदका लागि उपलब्ध गराउने घोषणा गरे । महानगरले सार्वजनिक यातातातको प्रवर्द्धनका लागि यो वर्ष ५ करोड रुपैयाँ नगरपरिषदबाटै छुट्याएको थियो ।

साझाले आजदेखि सञ्चालनका ल्याएका ३० वटा बसमा महानगरपालिकाको झण्डै ८७ प्रतिशत स्वामित्व छ । आजदेखि सञ्चालनमा आएका बस प्रतिगोटा झण्डै ३५ लाख रुपैयाँ खरिद गरिएको हो ।

कार्यकारी प्रमुख तामाङले सरकारले खोल्न लागेको नयाँ यातायात कम्पनीमा पनि महागरपालिकाले ५१ प्रतिशत सेयर हाल्ने बताए । उनले दीगो शहरी यातायातको प्रवर्द्धनका लागि महानगरपालिकाले विभिन्न प्रयासको थालनी गरेको बताउँदै सबैले एकीकृत रुपमा यसका लागि काम गर्नुपर्ने बताए ।

सरकारले आफूमातहत नै बस चलाउन नयाँ कम्पनी स्थापना गर्न लागेको छ । त्यसमा बहुमत सेयर किन्न महानगरपालिकाले चासो देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?