Comments Add Comment

दीपालाई अन्माएर पठाउन चाहँदैनन् दीपक, दीपा भन्छिन्-‘श्रीमान् त चाहिन्छ'(भिडियो कुराकानी)

deepaak-and-deepa
चलचित्र ‘छक्का पन्जा’बाट एकाएक नव-निर्देशकको रुपमा उदाएपछि कलाकार दीपाश्री निरौला अहिले दंग छिन् । यो चलचित्रको व्यापारले उनलाई नेपाली चलचित्रको इतिहासमै सफल निर्देशकको स्थानमा राखिदिएको छ ।

अनलाइनखबरसँग ‘मस्ती टक’ गर्ने क्रममा निर्देशक दीपाश्री निरौला र कलाकार तथा निर्माता दीपकराज गिरी निकै खुले । विशेषगरि, हामीसँग कुराकानी गर्ने क्रममा यो जोडीले चलचित्रको छायांकनका क्रममा भएको रमाइलो कुरा शेयर गरे ।

चलचित्रमा कलाकार दीपकराज गिरी र नायिका बर्षा राउतविच वेड सिन खिचिएको छ । वेड सिन खिच्नमा दीपक उत्साहित भएपनि दीपा भने केहि सजग थिइन् । दीपाले भनिन्-‘हाम्रो चलचित्र आमा, बुबा सबैले हेर्ने भएकाले पनि भल्गर होला कि भन्ने डर थियो ।’ दीपकले आफू इमरान हाश्मी त होइन नी भन्दै रमाइलो जवाफ दिए ।

दीपाले चलचित्र रिलिज अगाडि आफूलाई निकै डर लागेको पनि सुनाइन् । आफूलाई चलचित्र कस्तो चल्छ होला, दर्शक नआउने हुन् कि भन्ने लागेको दीपाले बताइन् ।

दीपा र दीपकसँगको निकै रमाइलो ‘मस्ती टक’ यहाँ हेर्नुहोस्ः

चलचित्र खिच्ने क्रममा निर्देशक दीपा निकै कडा भएको दीपकको भनाई थियो । दीपकले कमेडी गर्दै भने-‘मलाई त जहिले पनि राजाकै क्यारेक्टरमा बस भन्नु हुन्थ्यो । चलचित्रमा लगानी गरेको छु भन्दै हल्ला गरेर बसेको भन्नुहुन्थ्यो ।’

रमाइलो कुराकानी गर्ने क्रममा दीपकले अर्का कलाकार जीतु नेपालाई भने अन्तरंग दृश्य दिन भनेपछि लाज मान्ने गरेको सुनाए । दीपकले जीतुको बारेमा भने-‘यो गिरीले मेरो त डीभोर्स नै गर्ने भयो भन्दै कराउथ्यो ।’

दीपालाई कहिले अन्माउने भन्ने प्रश्नमा दीपकले आफू भावूक भएको सुनाए । दीपकले भने-‘बिबाह गर्ने चिज, विवाहित मान्छेलाई सोधेपछि यसैपनि भावूक हुन्छ । यति राम्रो चलचित्र दिइरहनु भएको छ । करिअर बुलन्द स्थितीमा छ । यसैले, अहिले नै तत्काल नपठाउनु न ।’

दीपाले भनिन्-‘बुढेसकालको साथी श्रीमति हो, श्रीमान् हो । तर म बुढी त भएको छैन नि ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment