+
+

बलात्कारीलाई नपुंशक बनाउन नायिकाको माग

अनलाइनखबर अनलाइनखबर
२०७३ मंसिर १३ गते ११:४८

meera-jasmineमुम्बई । दक्षिण भारतीय नायिका मीर ज्यासमिनले बलात्कारीलाई नपुंशक बनाउनुपर्ने माग राखेकी छिन् । बलात्कारको शिकार भएकी एक दलित युवतिको आमाको साथमा पत्रकार सम्मेलनमा उपस्थित यी नायिकाले बलात्कारीलाई कार्वाही गर्ने कानुन भारतमा अप्रयाप्त भएको बताइन् ।

‘महिलामाथिको हिंसा नियन्त्रणका लागि बलात्कारीलाई पीडादायी सजाय दिनुपर्छ । यसका लागि सबै भन्दा प्रभावकारी उपाय भनेको बताल्कारीलाई नपुंशक बनाउनु नै हो’ उनले भनिन् ।

३४ वषीय मिना दक्षिण भारतकी प्रसिद्ध नायिका हुन् । उनले सन २००४ मा नेशनल अवार्ड पाएकी थिईन् । सन २००१ मा दक्षिण भारतीय फिल्मवाट करिअर सुरु गरेकी मिरा अहिले मलायम, तमील, तेलगु लगायतका चलचित्रमा अभिनय गर्छिन् ।

राजा राजेश्वर मन्दिरमा जर्बजस्ती पूजा गरेर उनी चर्चामा आएकी थिइन्, जुन मन्दिरमा गैर हिन्दुलाई पूजा गर्ने अनुमति छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?