 जाडोयामको चिसोमा अनुहार बढि सुख्खा बन्दछ । छालामा हुने मोस्चर चिसोले चोर्छ । यसका कारण छालाको चमक फिका बन्दछ  । समस्या बढ्दै जाँदा दागधब्बा तथा दाद देखा पर्दछ । त्यसैले यस्तो समस्याबाट मुक्ति पाउनुका लागि तपाइँले घरेलु उपाय समेत अपनाउन सक्नुहुन्छ । जाडोमा अनुहारको छाला चम्काउने केही टिप्स यस्ता छन्ः
जाडोयामको चिसोमा अनुहार बढि सुख्खा बन्दछ । छालामा हुने मोस्चर चिसोले चोर्छ । यसका कारण छालाको चमक फिका बन्दछ  । समस्या बढ्दै जाँदा दागधब्बा तथा दाद देखा पर्दछ । त्यसैले यस्तो समस्याबाट मुक्ति पाउनुका लागि तपाइँले घरेलु उपाय समेत अपनाउन सक्नुहुन्छ । जाडोमा अनुहारको छाला चम्काउने केही टिप्स यस्ता छन्ः
. मेवा र केराको पेष्ट मिलाउनुहोस् । यसमा दुई चम्चा मह मिलाउनुहोस् र अनुहारको छालामा लगाउनुहोस् । १० मिनेट पछि अनुहार धुनुहोस् ।
.   हरेक बेलुकी सुत्नुअघि अनुहार धुनुहोस् । ग्लिसरिन र गुलाबजल बराबर मात्रामा मिलाएर अनुहारमा लगाउनुहोस् ।
.  एउटा अण्डाको पहेँलो भागमा थोरै ओलिभको तेल मिलाएर अनुहारमा लगाउनुहोस् । सुकिसकेपछि अनुहार धुनुहोस् ।
.   एक चम्चा महमा आधा चम्चा कागतीको रस मिलाएर अनुहारमा लगाउनुहोस् । ५ मिनेटपछि अनुहार धुनुहोस् ।
.  अनुहारमा थोरै एलोभेरा जेल लगाएर मसाज गर्नुहोस् । १० मिनेटपछि अनुहार धुनुहोस् ।
.  एक चम्चा दुधमा आधा चम्चा मह र थोरै बेसार मिलाएर अनुहारमा लगाउनुहोस् । ५ मिनेटपछि अनुहार धुनुहोस् ।
. २ चम्चा महमा थोरै मरिचको धुलो र कागतीको रस मिलाएर पेष्ट बनाउनुहोस् र अनुहारमा लगाउनुहोस् । ५ मिनेटपछि अनुहार धुनुहोस् ।
.  नुहाउनुभन्दा ५ मिनेटअघि अनुहार तथा सरीरमा नरिवलको तेल लगाउनुहोस् ।
.  थोरै बदामको धुलोमा २ चम्चा दुध मिलाएर पेष्ट बनाउनुहोस् र अनुहारमा लगाउनुहोस् । १० मिनेटपछि अनुहार धुनुहोस् ।
. नुहाउनुभन्दा ५ मिनेट पहिले अण्डाको पहेँलो भाग अनुहार तथा सरीरका अन्य भागमा लगाएरु मज्जाले मसाज गर्नुहोस् ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4