Comments Add Comment

तपाईंको वाइफाईंमा चोरको मस्ती ?

यसरी छुटाउनुहोस्

hackerघरको इन्टरनेटमा वाइफाई सेवा जोड्नुभएको छ ।  पहिले स्पिडमा चलिरहेको वाइफाई स्लो भएको महसुस त भएको छैन ? यो अवस्थामा टाउको समाएर तनाव लिने होइन । गम्भीर भएर सोच्नुहोस् । वाइफाई स्लो हुनुको कारण चोरी पनि हुन सक्छ ।
यो समस्या अहिले अधिकांशले भोग्ने गरेका हुन्छन् ।

वाइफाई ह्याक गरेर कसैले मस्ती गरिरहँदा तपाईंले सास्ती भोग्नुपरेको हुन्छ ।  त्यसैले पत्ता लगाउनुहोस्, कसैले चोरेकै कारण स्लो भयो या अन्य समस्याले ?

१. सुरुमा आफ्नो वाइफाइ राउटरमा नजर लैजानुहोस् । राउटरमा केही लाइट बलिरहेका हुन्छन् । यीमध्ये एउटा वायरलेस कनेक्टिभिटीको हुन्छ । वाइफाई चोरी भए/ नभएको पत्ता लगाउन सबै वायरलेस डिभाइस बन्द गर्नुहोस् ।

२. ल्यापटप, कम्प्युटर, स्मार्टफोन, स्मार्ट टिभीजस्ता सबै डिभाइस बन्द गरिदिएपनि मोडेममा भएको वायरलेसको लाइट बल्ने निभ्ने गरिरहेको छ भने कसैले ह्याक गरको अनुमान लगाउन सकिन्छ ।

३. यो बाहेक अर्को उपाय पनि छ । राउटर लग–इन गरेर डिएचसिपी क्लाइन्ट लिस्ट हेर्नुहोस् । राउटरभित्र यो लिस्ट हुन्छ ।
अब आफ्नो घरमा वाइफाई चलाउने मोबाइल, ल्यापटपको संख्या भन्दा बढी संख्यामा आइपी चलेको देखिए कसैले ह्याक गरेको बुझ्न सकिन्छ ।

४. वाइफाई ह्याक भएको थाहा पाएपछि तुरुन्त युजर नेम र पासवर्ड परिवर्तन गरिहाल्नुहोस् ।  यो वाइफाईलाई चोरबाट छुटाउने उपाय हो ।

५. अब वाइफाईको नयाँ पासवर्ड राख्नुहोस् । अक्षर र अंक मिलाएर केही असजिलो पासवर्ड राख्नुहोस् । असजिलो पासवर्ड राख्दा आफूले भुलिन्छ भन्ने डर लाग्छ भने डायरीमा टिपेर राख्न पनि सकिन्छ ।

६. राउटरको पासवर्ड राख्ने बेला खास विचार पुर्‍याउनुपर्छ । अधिकांशले WPAPSK अप्सन रोजेको पाइन्छ ।

यो कुनै बलियो अप्सन होइन । ह्याक गर्ने एप्सले यसलाई सजिलै क्रयक गराइदिन्छ । त्यसैले WPAPSK बाहेक त्यहाँ दिएका अन्य बलिया अप्सन रोज्नुपर्छ ।

जस्तैः WPA2PSL रोज्न सकिन्छ । सेक्युरिटी अप्सन रोज्दा  TKIP भन्दा AES अप्सन उत्तम हुन्छ ।

७. अझ अर्को बलियो उपाय अपनाउन सक्नुहुन्छ ।राउटरमा लग इन पासवर्ड राख्दा MAC फिल्टरेसन गर्न सकिन्छ । इन्टरनेट चल्ने डिभाइसमा म्याक आइडी हुन्छ । कुन कुन म्याक आइडीमा वाइफाई चलाउनुपर्ने हो, त्यसलाई मात्र राउटरभित्र लिस्टिङ गरिदिन सकिन्छ । यति गरेपछि तोकिएको डिभाइसबाहेक अरुलाई आइपी दिदँन । आइपीको स्पेस नै नभएपछि कसैले ह्याक गर्न सक्दैन ।

८. समय समयमा आफ्नो युजर नेम र पासवर्ड परिवर्तन गरिराख्ने गर्नुपर्छ । यसो गर्दा पनि वाइफाईलाई चोरबाट सुरक्षित राख्न सकिन्छ ।

नयाँ पत्रिकाबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment