Comments Add Comment

मोहाली टेष्टमा भारतले इंग्ल्याण्डलाई हरायो

india-test-team

१४ मंसिर, काठमाडौं । मोहाली टेष्टमा भारतले इंग्ल्याण्डलाई ८ विकेटले हराएको छ । र, पाँच म्याचको सिरिजमा २-० ले अग्रता लिएको छ ।

जितका लागि भारतलाई दोस्रो पारीमा १०३ रन चाहिएको थियो, जुन उसले दुई विकेटको क्षतिमा भेट्टायो । पार्थिव पटेल ६७ र विराट कोहली ६ रनमा अविति रहे ।

यसअघि मंगलबार इंग्ल्याण्डले ४ विकेटको क्षतिमा बनाएको ७८ रनबाट चौथो दिनको खेल थालेको थियो । र चिया समय अघि नै पुरौ टिम २३६ रनमा अलआउट भयो ।

भारतको जितमा रविन्द्र जडेजा नायक बने । ब्याटिङका साथै बलिङ पनि उत्कृष्ट गरेका उनी म्यान अफ दि म्याच बने ।

इंग्ल्याण्डले आफ्नो पहिलो पारीमा २३८ रन बनाएको थियो भने भारतले ४१७ रन जोडेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment