Comments Add Comment

प्यूठानीहरु सडकमा, चोक चोकमा प्रदर्शन

puthan-banda१५ मंसिर, प्यूठान । सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्तावको विरोधमा प्यूठानमा प्रदर्शन भएको छ ।

पछिल्लो समय आन्दोलित भएका प्यूठानीहरु ५ नं. प्रदेशका पहाडी जिल्लाहरुलाई प्रदेश नं. ४ मा समावेश गरेको भन्दै आन्दोलनमा उत्रिएका हुन् ।

प्यूठानको खलंगा, बाग्दुला, विजुवार, भिंगृ, किमिचौर, बड्डाँडा, बाहाने, मच्छी लगायत क्षेत्रहरुमा टायर बालेर नारा जुलुससहित प्रस्तावको विरोध भइरहेको छ ।

जनताको भावना र चाहना विपरित संशोधन हुन लागेको सिमांकन आफूहरुलाई मान्य नहुने आन्दोलनकारीले बताएका छन् ।

प्यूठान जिल्लाका राजनीतिक दलहरुले संयुक्त संघर्ष समिति गठन गरेर आन्दोलनका कार्यक्रमहरु तय गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment