+
+
Shares

हिन्दु धर्म रक्षाको आन्दोलनमा तयार रहन खुमबहादुरको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७३ मंसिर १५ गते १७:३९

Khum-Bahadur-Khadka 810

१५ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काले हिन्दु धर्मको रक्षाका लागि सशक्त आन्दोलन गर्ने घोषणा गरेका छन् । हिन्दु धर्म नरहे राष्ट्रियता पनि नरहने भन्दै उनले आन्दोलनको लागि तयार रहन आफ्ना समर्थकहरुलाई निर्देशन दिए ।

प्रज्ञा भवन कमलादीमा बुधबार आयोजित कार्यक्रममा नेता खड्काले भने, ‘केही साथिहरुले फागुनबाट, केही साथिहरुले चैतबाट आन्दोलन गर्नुपर्छ भनिरहनु भएको छ । म आन्दोलनका लागि तयार रहन आग्रह गर्दछु ।’

पार्टी र व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र राष्ट्रियताको रक्षाका लागि संघर्ष गर्नुपर्ने नेता खड्काले बताए ।

उनले भने, ‘आफ्नो मिसनको लागि, आफ्नो धर्मको लागि, आफ्नो राष्ट्रको लागि म लडिरहन्छु । व्यक्ति मरेर केहि हुँदैन राष्ट्र बचोस् ।’

आफू अस्वस्थ रहे पनि हिन्दु धर्म र राष्ट्रियता जोगाउन लडिरहने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?