+
+
Shares

जनकपुरमा आन्दोलनरत पक्षसँग गृहमन्त्री गुरुङले थाले छलफल

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १६ गते १५:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मधेशका जिल्लाहरूमा उत्पन्न तनावपूर्ण स्थितिलाई सामान्यीकरण गर्न गृहमन्त्री सुधन गुरुङले शनिबार धनुषाको जनकपुरमा आन्दोलनरत पक्षसँग वार्ता थाल्नुभएको छ ।
  • सुनसरी र सिरहामा भएका झडपमा तीन जना युवाको मृत्यु भएपछि तराईका जिल्लाहरूमा उत्पन्न आन्दोलन शान्त पार्न सरकारले संवादको पहल गरेको हो ।
  • प्रशासनले केही स्थानबाट कर्फ्यु हटाए पनि सम्भावित जोखिमलाई मध्यनजर गर्दै केही जिल्लामा निषेधाज्ञा भने कायमै राखेको छ ।

१६ साउन, काठमाडौं । मधेशका विभिन्न जिल्लाहरूमा उत्पन्न तनावपूर्ण स्थितिलाई सामान्यीकरण गर्न गृहमन्त्री सुधन गुरुङले शनिबार धनुषाको जनकपुरमा आन्दोलनरत पक्षसँग वार्ता थालेका छन् ।

गृहमन्त्री गुरुङले शनिबार आन्दोलनकारी पक्षका प्रतिनिधिहरूसँग छलफल अघि बढाएका हुन् ।

गत साउन १० गते सुनसरीको कप्तानगञ्जमा दुई समुदायबीच भएको झडपमा परी दुई युवकको मृत्यु भएपछि तराईका जिल्लाहरूमा प्रदर्शन र आन्दोलन चर्किएको थियो ।

सोही क्रममा सिरहामा दुई समूहबीचको विवादले उग्र रूप लिँदा स्थिति नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर थप एक जना युवाको ज्यान गएको थियो ।

आन्दोलनलाई शान्त पार्न र सुरक्षा अवस्थाको प्रत्यक्ष अनुगमन गर्न गृहमन्त्री गुरुङ यतिबेला मधेशका जिल्लाहरूमा छन् ।

वार्ताका माध्यमबाट केही स्थानको माहोल क्रमिक रूपमा शान्तिपूर्ण बन्दै गएको छ ।

प्रशासनले केही जिल्लाहरूबाट कर्फ्यु हटाए पनि सम्भावित जोखिमलाई मध्यनजर गर्दै निषेधाज्ञा भने अझै पूर्ण रूपमा हटाएको छैन ।

सरकारले वार्ता र संवादका माध्यमबाटै सामाजिक सद्भाव कायम राख्दै समस्याको समाधान खोज्ने प्रयास गरिरहेको सरकारी पक्षले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?