News Summary
Generated by OK AI. Editorially reviewed.- शैक्षिक परामर्श संघ संस्थाले सरकारले ल्याएको नियमावली २०८३ को केही प्रावधानमा आपत्ति जनाउँदै आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गरेका छन् ।
- संघले ३२ असारमा कालोपट्टी बाँधेर काम गर्ने र १ साउनमा कार्यालय अगाडि शान्तिपूर्ण विरोध प्रदर्शन गर्ने निर्णय गरेका छन् ।
- माग सुनुवाइ नभए कार्यालयको तालाचाबी जिल्ला प्रशासन कार्यालयमा बुझाइ अनिश्चितकालीन आन्दोलन गर्ने उनीहरूले चेतावनी दिएका छन् ।
३१ असार, काठमाडौं । शैक्षिक परामर्श संघ संस्थाले आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गरेका छन् । आज पत्रकार सम्मेलन गरी आन्दोलनका कार्यक्रमहरू घोषणा गरिएको हो ।
उनीहरूले शिक्षा तथा खेलकुद मन्त्रालयद्वारा शिक्षा ऐन २०२८ को दफा १९ ले दिएको अधिकार प्रयोग गरी कार्यान्वयनमा ल्याइएको शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा सञ्चालन तथा व्यवस्थापन नियमावली २०८३ को स्वागत गर्ने तर त्यहाँ बनेका केही नियमहरू प्रति गम्भीर आपत्ति जनाएका छन् ।
संयुक्त अभियान तथा आन्दोलनका कार्यक्रमहरूमा असार ३२ गते कालोपट्टी बाँधेर नियमित काम गर्ने, साउन १ गते कार्यालय अगाडि प्लेकार्डसहित बिहान ११ बजेदेखि साढे ११ बजेसम्म शान्तिपूर्ण विरोध कार्यक्रम सञ्चालन गर्ने, आन्दोलनको कार्यक्रमहरू पूरा हुँदासम्म राज्यबाट वार्ता तथा समस्या समाधानका लागि पहल नभए आफ्नो कार्यालयको ताला चाबी जिल्ला प्रशासन कार्यालयमा बुझाइ अनिश्चितकालीन आन्दोलन गर्ने घोषणा गरिएको छ ।

प्रतिक्रिया 4