Comments Add Comment

अर्जुन ‘दृष्टि’ पौडेलको गजल : अवधि सकियो

जुन दिन भन्यौ आफ्नोपनको अवधि सकियो

त्यही दिन मेरो यो धडकनको अवधि सकियो ।

 

arjun-drishti-paudelजूनतारा आजभोलि खेलौना लाग्दैनन्,

लाग्छ अबदेखि बचपनको अवधि सकियो ।

 

टाउकोभन्दा माथि हात उठाउँछ मान्छे,

सायद शिर झुकाउने चलनको अवधि सकियो ।

 

रुपियाँ-पैसा जस्तै देख्छु सबैको अनुहार यहाँ,

मलाई लाग्छ दुनियाँमा धनको अवधि सकियो ।

 

समयले झारिदिएको छ सबै सपनाका दाँतहरु,

फिर्ता लैजाऊ तिम्रो यो मञ्जनको अवधि सकियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment