Comments Add Comment

ऋषि भन्छन्–‘कसले सरितालाई लाइन मारेका छन् सबै थाहा हुन्छ’

फेसबुकमा सरितालाई बिहे प्रस्ताव आउँदा ऋषिको रियाक्सन यस्तो(भिडियो कुराकानी)

sarita-rishi-lamichhane-news
कलाकार सरिता लामिछाने र निर्देशक ऋषि लामिछानेकी ८ बर्षकी छोरी छिन् । दुबैजना चलचित्र क्षेत्रमा आ–आफ्नै तरिकाले सक्रिय छन् । धेरैजसो कार्यक्रममा एकसाथ पुग्ने सरिता र ऋषिलाई देखेर डाहा गर्नेहरु पनि धेरै होलान् । कतिपयले, क्या जमेको जोडी पनि भन्लान् ? आफ्नो जीवनमा निकै खुशी देखिएका यी दुइले अनलाइनखबरसँग ‘मस्ती टक’ गर्ने क्रममा दिल खोलेर बोले ।

सरिता र ऋषि घरपरिवार एक–आपसमा मिलेर चलाउँछन् । ठूला निर्णय ऋषिले गर्छन् भने घरको निर्णय सरिताको हातमा छ ।

सरिता र ऋषिले अनलाइनखबरसँग गरेको ‘मस्ती टक’ यहाँ हेर्नुहोस्ः


रमाइलो कुरा त के पनि रहेछ भने, यी दुइको फेसबुकको पासवर्ड एक अर्कासँग नै छ । कहिले सरिता बनेर ऋषिले च्याट गरेका हुँदा रहेछन् भने कहिले ऋषि बनेर सरिताले । ऋषि भन्छन्–‘उनलाई कतिले लाइन हानेका छन्, कसले के सोच्छन् भन्ने सबै थाहा हुन्छ ।’

सरितालाई फेसबुकमा बिहेको प्रस्ताव पनि आउँदो रहेछ । ऋषि यसलाई सामान्य रुपमा लिन्छन् । एउटा कलाकार भैसकेपछि माया व्यक्त हुनु स्वभाविक भएको यी दुइलाई लाग्छ ।
ऋषिको सरल स्वभाव सरितालाई मनपर्छ । आजसम्म बाहिरी यूवतीसँग कुनै अफेयरको कुरा आफूले नसुनेको र सुन्न पनि नचाहने सरिताको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment