Comments Add Comment

बास्तोलालाई भेट्न उपप्रधानमन्त्री निधि भैंसेपाटीमा

bimalendra-nidhi

१८ मंसिर, काठमाडौं । उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले कांग्रेसका नेता चक्र बास्तोलाको स्वास्थ्य अबस्थाबारेे जानकारी लिएका छन् ।

पूर्वमन्त्री बास्तोला चार बर्षदेखि अचेत अवस्थामा छन् । उनलाई भेट्न गृहमन्त्री निधि भैंसेपाटीस्थित उनको निवासमा पुगेका थिए ।

माओवादीसंग १२ बुँदे सहमति गर्दा महत्वपूर्ण भूमिका निर्बाह गरेका नेता बास्तोला शारीरिक रुपमा असक्त हुँदा पार्टी र सिंगो मुलुकका लागि नोक्सानी भएको गृहमन्त्री निधिले बताएका छन् ।

परिवारका सदस्यहरुका अनुसार नेता बास्तोलालाई पाइपद्धारा खाना खुवाउने व्यबस्था मिलाइएको छ । झोलिलो पदार्थका साथै नरम खानेकुरा खुवाइएको छ ।

घरमै आएर नर्सहरुले नियमित रुपमा उहाँको हेरबिचार गर्ने व्यबस्था मिलाइएको छ । नर्सहरुले हरेक दिन फिजियोथेरापी गराउने गरेका छन् । फिजियोथेरापीपछि हरेक बिहान ९ बजे हृवीलचेयरमा राखेर घर बाहिर डुलाउने गरिएको छ ।

चार बर्षअघि विराटनगरमा आयोजित एक कार्यक्रमका क्रममा लडेर अचेत भएपछि उनलाई भारतमा उपचार गरिएको थियो । पछिल्लो समय घरमै राखेर उपचारको व्यबस्था मिलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment