Comments Add Comment

पार्टीमा छलफल नै नगरी संविधान संशोधन प्रस्ताव ल्याइयोः रायमाझी

१९ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीले संविधान संशोधनको प्रस्तावबारे पार्टीमा छलफल नै नभएको दाबी गरेका छन् । सो प्रस्ताव माओवादी केन्द्रको नभई सरकारको भएको उनले बताए ।

top-bahadur-rayamajhiसंवाद क्लव नेपालले आइतबार राजधानीमा आयोजना गरेको कार्यक्रममा उनले भने, ‘पार्टी भित्र छलफल नै नगरी ल्याइएको संशोधन प्रस्तावलाई पार्टीको प्रस्ताव भन्न मिल्दैन । पार्टीबाट संविधान संशोधनको प्रस्ताव पास पनि भएको छैन । यो प्रस्ताव कसरी आयो म पनि आश्चर्यमा परेको छु ।’

पाँच नम्बर प्रदेशको सीमांकन हेरफेर त्यहाँका जनता र जनप्रतिनिधिको भावना विपरित भएको उनले बताए । संविधान संशोधन प्रस्ताव कुनै पनि हालतमा पास नहुने भन्दै रायमाझीले सडक र सदनबाट व्यापक रुपमा प्रस्तावको प्रतिकार हुने बताए । त्यसअघि नै संशोधन प्रस्ताव फिर्ता लिन उनले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष प्रचण्डलाई सुझाव दिए ।

आफू जनताबाट निर्वाचित प्रतिनिधि भएकाले जनता असन्तुष्ट भएको अवस्थामा आफूले संसोधन प्रस्तावको पक्षपोषण गर्न नसक्ने उनले बताए ।

‘यसमा पार्टीले हृवीप लगाउन पनि सक्दैन र म जस्तोसुकै अवस्थामा पनि संविधान संशोधनको प्रस्तावको विपक्षमा उभिन्छु,’ रायमाझीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment