Comments Add Comment

यस्तो बन्यो ‘दर्पण छाया २’को मारुनी गीत

puspal-and-sahara
दर्शकले ‘दर्पण छाया’ चलचित्र भन्ने वित्तिकै गीतलाई संझन्छन् । गीतकै कारण यो चलचित्रले खुबै चर्चा पायो र बक्स अफिसमा कमालको व्यापार गर्‍यो । निर्देशक तुलसी घिमिरेले १२ बर्षपछि ‘दर्पण छाया २’को लेखन तथा निर्देशन गरेका छन् । यो चलचित्रको गीत कस्तो बन्यो होला भन्ने कौतुहलता दर्शकमा पनि छ ।

चन्दन लोम्जेलको संगीतमा तयार भएको ‘आकाशैमा खुलेको जुन’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । राजेश पायल राई र मेलिना राइको स्वरमा तयार भएको गीतको शब्द सवि रविले लेखेकी हुन् ।

भिडियोमा नव-कलाकारहरु पुष्पल खड्का । साहारा कार्कीलाई फिचरिङ गरिएको छ । छेदुप लामाले भिडियोको नृत्य निर्देशन गरेका हुन् । साहारा प्रोडक्शनको ब्यानरमा निर्माण भएको यो चलचित्रमा श्रद्धा प्रसाई, फिरोज, शेर वहादुर गुरुङ, जीवन भट्टराई , सुमन घिमिरे, तुफान घले लगायतका कलाकारको  पनि अभिनय छ ।

यो चलचित्र फागुण २७ गतेबाट देशभर रिलिज हुादैछ । डाक्टर लोम्साङ लामाको प्रस्तुतीमा तयार भएको चलचित्रलाई सबु गदाल कार्की र रवि कार्कीले निर्माण गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment