Comments Add Comment

आदिवासी जनजातिको पहिचानलाई संग्राहलयमा राखिने

२१ मंसिर, काठमाठौं । आदिवासी जनजातिहरुको पहिचानलाई संग्रहित गर्न संग्राहलय बनाइने भएको छ ।

adaibasi-pratisthanआदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले आदिवासी जनजातिहरुको विशिष्ट पहिचानलाई संग्रहित गर्न संग्राहलय बनाउनेसहितको योजना तर्जुमा गरेको हो ।

मंगलबार ललितपुरमा आयोजित कार्यक्रममा प्रतिष्ठानका सदस्य सचिव गोविन्दलाल माझीले आदिवासी जनजातिहरुको विशिष्ट पहिचान खुलाउने गरी प्रतिष्ठानले आगामी वर्षको कार्ययोजना बनाएको जानकारी दिए ।

रतिष्ठानले आदिवासीहरुको ऐतिहासिक धार्मिक, सांस्कृतिक स्थलहरु, पुरातात्विक महत्वका स्थानहरुको संरक्षण तथा जीर्णोदार गर्ने कार्यलाई पनि प्राथमिकता दिने जनाएको छ ।

आदिवासी जनजातिको सामाजिक, आर्थिक तथा साँस्कृतिक उत्थान र विकास गरी समतामूलक समाज निर्माणमा मद्धत पु¥याउने उद्देश्यका साथ सरकारले २०५८ सालमा प्रतिष्ठानको स्थापना गरेको हो ।

आयोगले आदिवासी, जनजातिहरुको आयआर्जन, महिलासीप, युवास्वरोजगार, जिर्णोदार, भूकम्प पुनस्थापना सम्बन्धि सचेतना, लोपोन्मुख अति सिमान्तकृत उत्थान कार्यक्रम संचालन गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment