Comments Add Comment

संशोधन प्रस्तावलाई राष्ट्रधाती नभन्न रामचन्द्र पौडेलको चेतावनी

Ramchandra Paudel

२२ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सरकारले ल्याएको संविधान संशोधन प्रस्तावलाई राष्ट्रघाती नभन्न चेतावनी दिएका छन् ।

जापानको साताव्यापी भ्रमण सकेर स्वदेश फिर्ता भएका नेपाल पौडेलले त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै भने, ‘एमाले र कांग्रेसबीच विगतमा भएको सहमतिमा आधारित संविधान संशोधन प्रस्ताव कसरी राष्ट्रघाती भयो ।’

नेता पौडेलले मुलुकलाई निकास दिन सबै पक्षबीच सहमति हुनुको विकल्प नरहेको बताए । उनले पाँच नम्बर प्रदेशका जनताको सहमति र दलहरुबीचको सम्झदारीमै संविधान संशोधन प्रस्ताव अघि बढाउनुपर्ने धारणा पनि दोहोर्‍याए ।

नेता पौडेलले संविधान कार्यान्वयनका लागि मधेशवादी दलहरुपनि सहमतिमा आउनु पर्नेमा जोड दिए । संघीयता, गणतन्त्रसहितका उपलब्धीको रक्षा गर्न मधेसी दलहरुलाई पनि गम्भीर हुनुपर्ने उनले सुझाव दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment