Comments Add Comment

उर्जामन्त्री शर्माले बंगलादेशी प्रधानमन्त्रीलाई भेटे

janardan-sharma-pravakar-4२२ मंसिर, काठमाडौं । बंगलादेश भ्रमणमा रहेका उर्जामन्त्री जनार्दन शर्मा प्रभाकरले प्रधानमन्त्री शेख हसिनासँग भेटवार्ता गरेका छन् ।

बंगलादेशको संसद भवनमा भएको भेटमा नेपाल र बंगलादेशबीच विद्युत सेवा विस्तारका लागि सम्झौता गर्नेबारे छलफल भएको छ । साथै दुई देशको सम्वन्ध विस्तार लगायतका विषयमा पनि छलफल भएको ढाकास्थित नेपाली दूताबासले जनाएको छ ।

उर्जामन्त्री शर्माले भोलि बंगलादेशका विद्युत, उर्जा तथा खनिजमन्त्रीसँग भेट गर्ने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment