Comments Add Comment

भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस, नेपालमा भ्रष्टाचारका नयाँ-नयाँ रुप

corruption

२४ मंसिरकाठमाडौं । आज अन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्धको दिवस । भ्रष्टाचारलाई विश्वको मुख्य साझा समस्या मान्दै विश्वभर यो दिवस मनाउन थालिएको हो ।

सन् २०१५ मा १ सय ६८ देशहरुको सर्वेक्षण हुँदा सबैभन्दा बढी भ्रष्टाचार हुने देशको सूचीमा नेपाल एक सय ३०औं नम्बरमा परेको थियो । कुल एक सय नम्बरका लागि भएको विभिन्न अध्ययनका क्रममा नेपालले सुशासनको पक्षमा २७ नम्बर मात्र पाएको थियो भने बाँकी विषय भ्रष्टाचारसम्बन्धी रहेको अध्ययनले देखाएको थियो ।

पछिल्ला अध्ययनहरुले नेपालमा हरेक वर्ष विभिन्न नयाँ स्वरुपबाट भ्रष्टाचारजन्य गतिविधि बढिरहेको देखाएको छ । त्यसमध्ये एउटा उदाहरण होविकासनिर्माणको काममा बढी पैसा भुक्तानी दिएर हुने भ्रष्टाचार । गत वर्ष महालेखा परीक्षकको कार्यालयले भ्रष्टाचारको यस्तो नयाँ रुप पत्ता लगाएको थियो ।

कसरी हुन्छ नेपालमा भ्रष्टाचार ?

नेपालमा भ्रष्टाचारको पुरानो स्वरुप हो, सार्वजनिक सेवाको वितरण गर्दा सेवाग्राहीसँग मनपरी पैसा लिने । पछिल्लो समय भने विकासनिर्माणका नाममा खोला नै नभएको ठाउँमा नहर र बाटो नभएको ठाउँमा पुल निर्माण गरेर समेत भ्रष्टाचार हुने गरेको भेटिने गरेको छ ।

धादिङ जिल्लाको एउटा खोलामा मोटरेबल पुल निर्माण भएको छ । तरपुलको दुवैतर्फ बाटो छैन । पछि बाटो ल्याउने भनेर पुल निर्माण गरेको पाइयो । यसरी पनि भ्रष्टाचार हुने गरेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ ।

यस्तै, सप्तरीमा खोला नभएको ठाउँमा सिंचाइ कुलो खनिएको छ । स्थानीय एउटा गाउँका लागि सिंचाइ कुलो निर्माणको माग आएपछि जिल्ला सिंचाइ कार्यालयले परामर्शदाता नियुक्त गरेर सम्भाव्यता अध्ययनका लागि पठायो । परामर्शदाताको रिपोर्ट अनुसार आयोजनाको डिजाइन गरियो । कुलोको नक्सा समेत बनेर बजेट निकासा भयो । पछि महालेखाले अनुगमन गर्दा त्यो ठाउँमा खोला नै भेटिएन । खोलाबिनै नहर खनिएको पाइयो ।

शून्य थप्दैखाँदै

सडक विभागअन्तर्गत देशभर ३५ वटा डिभिजन कार्यालय छन् । तीमध्ये गत वर्ष ६ वटा डिभिजन कार्यालयले विभिन्न ६ वटा आयोजनाको बिल भुक्तानी गर्दा बिलमा लेखिएको भन्दा करिब दुई करोड ११ लाख रुपैयाँ बढी रकम (ओभर पेमेन्टभुक्तानी गरेको भेटियो ।

त्यस अनुसार सडक विभागले ठेकेदारलाई १० हजार दिनुपर्नेमा एक लाख र २० हजार दिनुपर्ने ठाउँमा दुई लाख रुपैयाँ दिएको थियो । यसरी शून्य थपेर राज्यकोषको दोहन भएका प्रमाणहरु महालेखाले भेटेपछि गत वर्ष महालेखाले प्रतिवेदन आउनुभन्दा अगाडि नै चिठी लेखेर मुख्य सचिव,भौतिक मन्त्रालयका सचिवराष्ट्रपति र संसदलाई जानकारी दियो ।

तर, सरकारले राज्यकोषमाथि त्यस्तो आर्थिक अपराध गर्ने कर्मचारीहरुलाई सामान्य कारबाही गरेर उन्मुक्ति दिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गठन गरेको छानबिन समितिले उनीहरुलाई सामान्य सचेत मात्र गरायो ।

नेपालमा यस्ता भ्रष्टाचारजन्य गतिविधिमा संलग्नलाई सामान्य कारबाही समेत नगरी उन्मुक्ति दिइने गरिएको छ । जजसले अंक पछाडि शून्य थप्दै करिब दुई करोड ११ लाख रुपैयाँभन्दा बढी रकम राज्यकोषबाट खाएउनीहरु अझै पनि निजामती प्रशासनभित्र छाती खुला पारेर हिँडिरहेका छन् ।

परामर्शदाताका नाममा पनि उस्तै भ्रष्टाचार

पछिल्लो समय भौतिक योजना तथा यातायात मन्त्रालयसिंचाइ र शहरी विकास मन्त्रालयभित्र परामर्शदाताका नाममा समेत राज्यकोषमा भ्रष्टाचार भइरहेको छ । गत वर्ष महालेखा परीक्षकको कार्यालयले ती निकायहरुले परामर्शदाताका नाममा करोडौं रुपैयाँ अनियमितता गरेको प्रतिवेदनमा उल्लेख गरेको थियो ।

कार्यालयका इञ्जिनियरहरुबाट डिजाइन भएका योजनाहरुमा समेत निजी फर्मको नाम उल्लेख गराएर भुक्तानी लिने र राज्यकोषको दुरुपयोग गर्ने काम बढेको हो । एक अधिकारी भन्छन्, ‘यस्तोसम्म हुन्छ, आफन्तका नाममा कन्सल्टेन्सी खोलेर काम जति कार्यालय आफैंले गर्छ र बिल चाहिँ आफन्तको फर्मको नाममा जान्छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment