Comments Add Comment

नाइजेरियामा चर्चको छत खस्यो, ६० को मृत्यु

२६ मंसिर, काठमाडों । नाइजेरियाको दक्षिण पूर्व शहर उयोमा एक चर्चको छत खस्दा ६० जनाको मृत्यु भएको छ ।

छत खस्दा कयौं व्यक्ति पुरिएको अनुमान गरिएको छ । सयौं मानिसहरु एक धार्मिक समारोहमा सहभागी भएको बेला उक्त दुर्घटना भएको जनाइएको छ ।

नाइजेरियाको अकला इबूम प्रान्तका गभर्नर पनि छत खस्दा चर्चमा थिए । उनी बचेका छन् ।
चर्च निर्माणधीन थियो । राष्ट्रपति मोहमद बुहारीले दुर्घटनामा गहिरो दुख व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment