Comments Add Comment

‘एक चीन नीति’ मा बाँधिएर नबस्ने ट्रम्पको भनाइ

trump२७ मंसिर, काठमाडौं । नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ ‘एक चीन नीति’ मा बाँधिएर नबस्ने बताएका छन् ।

फक्स न्यूजसँगको कुराकानीमा ट्रम्पले यस्तो बताएका हुन् । जसको चीनले आलोचना गर्नसक्ने जनाइएको छ ।

ट्रम्प राष्ट्रपति निर्वाचिन भएपछि ताइवानकी राष्ट्रपतिसँग फोनमा वार्त गरेका थिए । जसको चिनले आलोचना गरेको थियो ।
ट्रम्पले आफ्नो पहल चीनसँग नीति व्यापार जस्ता विषयमा केन्द्रीत हुने बताए ।

‘एक चीन नीति’ सम्झौता अनुसार अमेरिकाले ताइवानलाई चीनको एक हिस्सा मान्दै आएको छ ।  ट्रम्पको चिनियाँ नीतिका कारण चीन र अमेरिकाको समबन्धमा कटुता आउने अनुमान गर्न थालिएको छ ।

फक्स न्यूजसँगको कुराकानीमा ट्रम्पले सीआइएले रुसले अमेरिकी राष्ट्रपति चुनाव जिताउन आफ्नो मद्दत गरेको आरोपको खण्डन गरेका छन् । ट्रम्पले हिलारीले हारको बहाना खोजेको दाबी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment