Comments Add Comment

डुवान क्षेत्र भन्दै बिद्यालय पुनर्निर्माण नहुँदा बिद्यार्थीलाइ सकस

vimodaya-mavi-arughat

२७ मंसिर, गोरखा । बुढीगण्डकी जलबिद्युत आयोजनाको डुवान क्षेत्र भन्दै गोरखाको आरुघाटस्थित भूकम्पले क्षतिग्रस्त बिद्यालयको पुनर्निर्माण नहुँदा बिद्यार्थी मर्कामा परेका छन् ।

भूकम्पले क्षति पुर्‍याएपछि आरुघाटको भिमोदय माध्यामिक बिद्यालय टहरामा सञ्चालन भइरहेको छ ।

भिमोदय मावि त्यही बिद्यालय हो जहाँ अहिलेका प्रधानमन्त्री प्रचण्डले भूमिगत हुनुअघि अध्यापन गरेका थिए ।

बिद्यालयको पुनर्निर्माण जिम्मा लिएको लायन्स क्लब इन्टरनेशनले निर्णय फिर्ता लिएपछि पुनर्निर्माणको संभावना पनि सकिएको छ । बुढिगण्डकी आयोजनाको डुवान क्षेत्रमा पर्ने भन्दै उक्त क्षेत्रमा खर्च नगर्ने क्लबले जानकारी दिएको बिद्यालयका प्रधानाध्यापक मानप्रसाद बन्जराले जानकारी दिए ।

‘भवन निर्माणका लागी ६० देखि ७० लाख सहयोग गर्छाैं भनेका थिए, त्यही अनुसार प्रपोजल पनि पठाइयो’ पि्रअ बन्जराले भने ‘तर पछि डुब्ने ठाउँमा किन खर्च गर्नु भनेर सहयोग गर्न मानेनन् ।’

भवन नबन्ने भएपछि थप समस्या भएको बिद्यालयले जनाएको छ । यता लायन्स क्लब अफ आरुघाटका अध्यक्ष कमल नारायण श्रेष्ठले भने निर्णय फिर्ता नलिएको तर डुवान क्षेत्र भएकाले लगानी नगर्ने प्रष्ट पारे ।

‘बिद्यालयको भवन पुननिर्माण गरिदिने निर्णय केन्ऽबाटै भएको थियो’ श्रेष्ठले भने ‘तर डुवान क्षेत्रमा पर्नेलाइ किन पैसा खर्च गर्न भनेर नबनाउने भने ।’ बिद्यालयले डुवान क्षेत्र बाहेक अन्य क्षेत्रमा जग्गा उपलब्ध गराए भवन निर्माण गर्न सकिने श्रेष्ठले बताए ।

भूकम्पका कारण बिद्यालयमा रहेको आठ वटा भवनको २२ कक्षाकोठा क्षति भएको थियो । भवन भत्किएसँगै अहिले अस्थायी टहरामा पठनपाठन भइरहेको छ । ‘पुरानो काठ र जस्ताले बारेर बनाएको अस्थायी टहरामा केही कक्षाहरु संचालन गरिरहेका छौ,’ बिद्यालयका प्रअ बन्जराले भने ।

कक्षाकोठाको अभाव भएपछि भत्किएको पुरानो भवनमा पनि कक्षा संचालन गर्न बाध्य भएको उनले दुखेसो पोखे ।

‘पुरानो भवनको कक्षाहरुको सबै भित्ता भत्किएको छ, चारैतिर खुल्ला भएका कारण एउटा कोठामा भएको पढाइले अर्काे कोठामा डिस्टर्व हुन्छ,’ बिद्यालयका एक शिक्षकले भने ।

vimodaya-mavi-arughat-1

अस्थायी टहरामा शिक्षण गर्दा पनि पठनपाठन प्रभावित बनेको शिक्षकहरुको भनाइ छ । ‘एउटा कक्षामा शिक्षक नभए बिद्यार्थीको हल्लाले अर्काे कक्षाकोठामा पढाइ गर्न सकिदैन ।’ एक शिक्षकले गुनासो गरे ।

इसिडिदेखि १२ कक्षासम्म सञ्चालनमा रहेको उक्त बिद्यालयमा अहिले अधिकांश कक्षाहरु अस्थायी टहरामा छन् । ‘कक्षा कोठामा बुक कर्नर बनाउन शिक्षा कार्यालयले अनिवार्य गरेको छ तर अस्थायी टहराका कारण त्यो काम पनि गर्न सकेका छैनौ ।’ बिद्यालयका प्रअ बन्जाराले भने । बिद्यालयमा ६ सय ५१ जना बिद्यार्थी अध्यनरत छन् ।

अस्थायी टहराबाट सामान चोरी

अस्थाई टहरका कारण बिद्यालयमा असुरक्षा बढेको छ । अस्थाई टहराबाट बिद्यालयका महत्वपूर्ण सामान चोरी हुन थालेको छ भने भत्किएको भवनको जस्तापाता र काठहरु चोरी हुने गरेको बिद्यालयका प्रअ बन्जराले बताए ।

‘भत्किएको भवनको काठ र जस्ताहरु राख्ने पक्की भवन छैन, अस्थायी टहरामा राखेका छौं, तर काठ र जस्तापाता हराउदै गएका छन्,’ बन्जराले भने ।

‘खुल्ला कक्षाकोठा छ, बिहान बिद्यालय आउदा कक्षाकोठा भरी दिसापिसाव गरेको भेटिन्छ, सरसफाइ गर्दैको हैरान,’ बिद्यालयका प्रअ बन्जराले गुनासो गरे । त्यस्तै छाडा पशुचौपायाले पनि बिभिन्न समस्या दिने गरेको उनले बताए ।

बिकास मरहट्टाको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment