+
+

जनसम्पर्क समिति यूरोपलाई बैधानिक बनाउन माग

बसन्त रानाभाट बसन्त रानाभाट
२०७३ मंसिर २८ गते १६:४२

janasamparka-samiti-europe

यूरोपका बिभिन्न देशहरुबाट जम्मा भएका कांग्रेसी नेपालीहरुले नेपाली जनसम्पर्क समिति यूरोपलाई औपचारिक रुपमा बैधानिक बनाउन माग गरेका छन् ।

जर्मनीको फ्रयांकर्फटमा युरोप स्तरीय बृहत भेलाको आयोजना गर्दै बिभिन्न देशका प्रतिनिधिहरुले नेपाली जनसम्पर्क समिति यूरोपलाई नेपाली कांग्रेसको केन्द्रीय बिधानमा समेट्न पार्टी समक्ष जोडदार माग गरेका हुन् ।

भेलाले आगामी दुई महिनाभित्र तयार हुनेगरी नारायण आचार्यको संयोजकत्वमा एक बिधान समिति समेत गठन गरेको छ ।

यस्तै नेपाली जनसम्पर्क समिति यूरोपको दोश्रो अधिवेशन नेपाली कांग्रेस केन्द्रीय समितिसँग समन्वय गरी ३१ जुलाई २०१७ भित्र गर्ने निर्णय भेलाले गरेको छ । अधिवेशनको निर्वाचनका लागि इन्द्र पकवान क्षेत्रीलाई संयोजक समेत तोकिएको छ ।

दुई दिनसम्म जर्मनीको फ्रयांकर्फटमा चलेको कांग्रेसको यूरोपस्तरीय भेलालाई प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेले नेपाली जनसम्पर्क समिति यूरोपलाई बैधानिक बनाउन आफूले पहलकदमी गर्ने प्रतिबद्दता ब्यक्त गरे ।

नेता पाण्डेले बैधानिकता बनाउने पहिलो काम गर्नुपर्ने बताउँदै हरेक जनसम्पर्क समितिमा एउटै खालको ढाँचा हुनेगरी केन्द्रले बिधान लागू गर्नु पर्नेमा पनि जोड दिए ।

नेपाली जनसम्पर्क समिति यूरोपको सोमबार सम्पन्न भेलाले आठ बुँदे घोषणापत्र समेत जारी गरेको छ । जनसम्पर्क जनसम्पर्क समित यूरोपका सभापति दिलबहादुर गुरुङको सभापतित्वमा सम्पन्न भेलामा यूरोपका १२ देशका करिब ७० जना प्रतिनिधीहरु सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?