बलिउड नायिका सोनम कपुरले सानोमा आफू दुब्र्यबहारमा परेको बताएकी छिन् । चलचित्र समिक्षक राजीव मसंदको शो ‘द बलिउड राउण्ड टेबल २०१६’ मा उनले सो कुराको खुलासा गरेकि हुन् ।
उक्त कार्यक्रममा विद्या वालान्, राधिका आप्टे, अनुश्का शर्मा र आलिया भट्ट सहभागी थिए । सोनमले आफुलाई दुब्र्यबहार भएको भने पनि को बाट भएको भन्नेबारे कार्यक्रम प्रशारण भएपछि मात्रै प्रष्ट हुनेछ ।
सोनम अहिले सामाजिक काममा पनि सक्रिय छिन् । स्तन क्यान्सरवारे महिलालाई सचेत बनाउने काममा उनी सक्रिय छिन् । ३१ बर्षकी सोनमले सन् २००७ मा सञ्जयलीला भन्साली निर्देशित चलचित्र ‘सावरिया’बाट करिअर सुरु गरेकि थिईन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4