Comments Add Comment

लोकगायक खेमराज गुरुङको अन्तिम एल्बम सार्वजनिक

khemraj-album

काठमाडौं । दिवंगत लोक गायक खेमराज गुरुङको अन्तिम गीति एल्बमघुमफिरसार्वजनिक भएको छ । राजधानीमा बुधबार आयोजित कार्यक्रममा गुरुङकी आमा तुलसीमाया गुरुङले एल्बम सार्वजनिक गरिन् ।

एल्बममा खेमराजले शब्द, संगीत र स्वर दिएका ६ वटा गीत छन् । एल्बममा नेपालका विभिन्न ठाउँको पर्यटन प्रवर्द्धन गर्ने गीतहरु रहेका छन् ।

संगीतकार संघ नेपालका अध्यक्ष तथा संगीतकार लक्ष्मण शेष विडारीलेघुमफिर खेमराजको महत्वाकांक्षी एल्बम भएको बताए । उहाँले जीवित छँदै यो एल्बमको तयारीबारे सुनाउने गर्नुहुन्थ्यो,’ उनले भने, ‘महत्वपूर्ण पर्यटकीय स्थलबारे गीतहरु बनाएर ती ठाउँहरु जाऊँजाऊँ लाग्ने बनाउनुभएको छ ।

संगीतकार शेषले संगीतकर्मीहरुलाई गाह्रो-साह्रो पर्दा सहयोग उपलब्ध गराउने गरी संगीतकर्मी कल्याणकारी कोष स्थापनाको काम भइरहेको र त्यसमा विभिन्न व्यक्ति र संस्थाबाट साथसहयोग जुटिरहेको पनि जानकारी दिए ।
पत्रकार तथा खेमराजका बालसखा दीपेन्द्र बान्तवाले ०५३/५४ सालदेखि खेमराजले काठमाडौंमा संघर्ष गर्दाको विगत सम्झिए । साथै उनले आफन्त, साथीभाइ शुभेच्छुकहरु मिलेर खेमराजको नाममा ट्रष्ट स्थापना गर्ने तयारी भइरहेको पनि सुनाए ।

संगीतकार प्रकाश गुरुङ, गायक राजेश पायल राई, कवि तथा प्राज्ञ श्रवण मुकारुङ लगायतले खेमराजको सांगीतिक पाटो र अन्तरंग प्रसंगबारे चर्चा गरेका थिए ।

०५६ सालमा पहिलो गीति एल्बम जीवन भाग १निकालेका खेमराजको जीवन भाग २‘, ‘अनमोल‘, ‘धरान पोखरा‘, ‘सोल्टी‘, ‘आलुतामा‘, ‘ढाक्रेपछि घुमफिर आठौं एल्बम हो । जीवन भाग २मा रहेको वारि जमुनागीतबाट उनी निकै चर्चित भएका थिए । उनको गत भदौ नौ गते निधन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment