Comments Add Comment

आगलागीबाट ६ लाख बराबर क्षति

३० मंसिर, सुनसरी । सुनसरीको सीमावर्ती घुस्की–६ मा बुधबार अबेर राति आगलागी हुँदा ६ लाख बराबरको धनमाल जलेर नष्ट भएको छ ।

Taplejung-aaglagi
फाइल तस्वीर

स्थानीय जुलफकार मियाँको घरबाट सल्केको आगोले चार परिवारका पाँच घर जलेर नष्ट हुँदा छ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

राति जाडो छल्नका लागि बालेको घुरबाट सल्केर भएको आगलागीमा स्थानीयवासी मजलुम मियाँ, एमजुन खातुन, इम्तियार मियाँसहितको पाँचवटा घर जलेर नष्ट भएको सुनसरीका प्रहरी उपरीक्षक पोषराज पोखरेलले जानकारी दिए ।

आगलागीबाट टिनको छानो भएका पाँचवटा घर, घरमा रहेका विभिन्न सरसमान, लत्ताकपडा र अन्नपात गरी ६ लाख बराबरको धनमाल जलेर नष्ट भएको सुनसरीका प्रहरी उपरीक्षक पोखरेलले जानकारी दिए । आगलागीलाई स्थानीयवासी र प्रहरीले सामूहिक रुपमा नियन्त्रणमा लिएका थिए ।

रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment