
१ पुस, धादिङ । लमजुङबाट काठमाडौं जाँदै गरेको स्कारपियो जीप पृथ्वी राजमार्ग अन्तर्गत धादिङ भूमेस्थान ६ कोइराले डाँडामा दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
आज बिहान करीव ६ बजे महादेववेसी नजिकै कोइराले डाँडामा ग २ च ४५७२ नम्बरको स्कारपियो जीप सडकबाट करीव १०० मिटर खसेको जिल्ला ट्राफिक कार्यालय धादिङले जानकारी दिएको छ ।
दुर्घटनामा जीवमा सबार सबै चालकसहित दुई पुरुष र एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा चालक लमजुङ गाउँशहर ६ का २५ बर्षीय माधव धिताल र लमजुङ चण्डीस्थान ७ का ३१ बर्षीय बिष्णु बहादुर राउतको सनाखत भएको छ ।
मृत्यु हुने एक महिलाको पहिचान नखुलेको ट्राफिक कार्यालय धादिङले जनाएको छ ।
गुल्मीमा ट्रकले च्यापेर एक व्यक्तिको ज्यान गयो
यसैबीच ट्रकको चक्काले च्यापेर गुल्मीको भुवाचिदीस्थित लौरेसिमलमा एक व्यक्तिको ज्यान गएको छ । ज्यान जानेमा गुल्मी अमरअर्वाथोक घर भई हाल रुपन्देही–३ डिङ्गनगर निवासी ४१ वर्षीय राजु श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
वामीटक्सारबाट बुटवलतर्फ जाँदै गरेको लु १ ख ३७८५ नम्बरको ट्रकले च्याप्दा बिहीबार राति श्रेष्ठको घटनास्थलमै ज्यान गएको हो । प्रहरीले चालकसहित ट्रकलाई नियन्त्रणमा लिई शुक्रबार बिहान जिल्ला प्रहरी कार्यालय तम्घास ल्याइपुर्याएको छ । शव परीक्षणका लागि लागि जिल्ला अस्पताल तम्घासमा राखिएको छ ।