+
+

चिलीका वित्तमन्त्रीलाई सेक्स डल उपहार, सेसपेडेसले मागे माफी

अनलाइनखबर अनलाइनखबर
२०७३ पुष १ गते १२:०४

finance-minister-chilie
चिलीका वित्तमन्त्री लुइस फिलिप सेसपेडेसलाई सेक्स डल उपहार दिइएको छ । त्यसक्रममा उनले दिएको अभिव्यक्ति चर्चितसँगै विवादित बन्यो । र, अन्ततः उनले चर्चित तर विवादित अभिव्यक्तिका लागि माफी माग्नु परेको छ ।

मंगलबार राति चिलीका उद्योगपतिद्वारा आयोजित बाषिर्क रात्रिभोज कार्यक्रममा सेसपेडेसलाई सेक्स डल उपहार दिइएको थियो । चिलीका उत्पादक एवं निर्यातक संघका प्रमुख रोबर्टो फेनतुञ्जीले सेक्स डल उपहार दिएका थिए ।

त्यतिबेला मन्त्री सेसपेडेस हाँसिरहेका देखिन्थे । साथै सेसपेडेसले भनेका थिए कि उनी आफ्नो उपहार देखेर आश्चर्यचकित बनेका थिए ।

चिलीका धेरैजसो नागरिकहरुले बित्तमन्त्रीको यस्तो टिप्पणी सुनेर असन्तुष्टि जाहेर गरे । मन्त्रीलाई दिइएको त्यस सेक्स डलको मुखमा एउटा नोट टाँसिएको थियो, जसमा लेखिएको थियो कि ‘ता कि बित्तमन्त्री देशको अर्थव्यवस्थाको प्रोत्साहित गर्न सकुन ।’

कार्यक्रमपछि सामाजिक सञ्जालमा पनि त्यसका केही तस्वीर पोष्ट गरिएको थियो, जहाँ बित्तमन्त्री सेक्स डल काखमा राखेर मुस्कुराइरहेका देखिन्थे ।

संघका प्रमुख रोवर्टोद्वारा आयोजित बाषिर्क रात्रिभोजमा हाइप्रोफाइल पाहुनालाई यस्तै मजाक उपहार दिएर रमाइलो गरिन्छ ।

तर, वित्तमन्त्रीलाई दिइएको उपहार जत्तिको विवादास्पद यसअघि कहिल्यै दिइएको थिएन ।

यसअघि रोबर्टोले आगामी बर्ष हुने राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारी पेस गरिसकेका सिनेटर एलजान्द्रो गुलियरलाई एक घोडा उपहार दिएका थिए । जसमा लेखिएको थियो, ‘अन्य उम्मेदवारसँगै दौडमा सहभागी भइरहनका लागि ।’

वित्तमन्त्रीको यस्तो विवादास्पद तस्वीर स्थानीय पत्रिकामा प्रकाशित भएपछि सामाजिक सञ्जालमा थुप्रै मानिसहरुले आक्रोस पोखेका छन् । चिलीका बरिष्ट पत्रकार कान्सुएलो सालबेन्द्राले ट्वीट गरेका छन् कि ‘अर्थव्यवस्थाको प्रोत्साहित गर्नका लागि बित्तमन्त्रीलाई सेक्स डल दिनुभन्दा ठूलो लाजमर्दो काम अरु केहि हुन सक्दैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?