Comments Add Comment

नागरिक उड्डयनका हाकिम भन्छन्- इयुको ब्ल्याक लिष्टबाट हट्ने बेला भएको छैन

'भारतीय राष्ट्रपति उडिसके, नेपालको हवाइ सेवा सुरक्षित छ'

tia-kathmandu

४ पुस, काठमाडौं । नेपाली हवाइ सेवा युरोपियन युनियन (इयु)को कालोसूचीबाट यो पटक पनि नहटेपछि सर्वत्र चिन्ता छ । तर, जिम्मेवार सरकारी अधिकारीहरु भने यसलाई बेकारको हल्लाको संज्ञा दिँदै भन्छन्-‘कालोसूचीबाट हट्ने बेला नै भएको छैन । हामीले हटाइदेउ भनेर औपचारिक रुपमा भनेका पनि छैनौ ।’

डेढ हप्ताअघि नयाँ कालोसूची जारी गर्दै इयुले हवाइ सुरक्षाका मामिलामा नेपाल अझै कमजोर रहेको सन्देश प्रवाहित गरेको थियो । उसले नेपाली बिमानलाई युरोपमा उडान भर्न यसबाट रोक लगाउने निर्णयलाई कायमै राखिएको जनाएको थियो । यसबाट नयाँ बिमान ल्याएर युरोपमा उडान भर्ने नेपाल बायुसेवा निगमको योजनामा धक्का पनि लागेको छ ।

नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान)का महानिर्देशक सञ्जीव गौतम नेपाल इयुको कालोसूचीबाट मार्चपछि मात्रै हट्ने बताउँछन् । उनका अनुसार नेपालले पछिल्लो समयमा हवाइ सुरक्षाका लागि अपनाएको मापदण्डबारे अन्तर्राष्ट्रिय नागरिक उडड्यन संगठन (आइकाओ)ले परीक्षण गर्नै बाँकी छ ।

बाहिर हतारमा टिप्पणी गरिएको र नेपाल कालोसूचीबाट हट्ने प्रक्रियामा रहेको गौतमको दाबी छ ।

‘टोली बोलाउँदैछौं’

‘हामीले नै कालोसूचीबाट हट्न (अडिट) परीक्षण गराएका छैनाैं । यो हप्ताभित्रै आइकाओमा मापदण्डबारे परीक्षण गर्न हामीले पत्र पठाउँदैछौं । यसका आधारमा आइकाओका टोली नेपाल आउनेछन्,’

महानिर्देशक गौतमले अनलाइनखबरसँग भने, ‘आइकाओको टोली आएर हाम्रो पछिल्लो हवाइ सुरक्षाको अवस्था अध्ययन नभएसम्म कालोसूचीबाट हट्ने अवस्था छैन भन्ने जानकारी थियो ।’

इयुले प्रत्येक ६-६ महिनमा हवाइ सुरक्षा मापदण्डका आधारमा कालोसूची सार्वजनिक गर्छ । जसमा नेपाली हवाइ क्षेत्रमा सेवारत सबै विमान कम्पनी यो सूचीमा छन् ।

अब बोलाइने आइकाओको टोलीले आएर परीक्षण रिपोर्ट दिएपछि इयुले कालोसूचीबाट नेपाललाई हटाउने दाबी उडड्यन प्राधिकरणको छ ।

‘भारतीय राष्ट्रपति उडिसके’

‘अबको मार्चपछि नेपालले यो सूचीमा रहिरहनुपर्ने छैन । हिजो आइकाओले उठाएका प्रश्न र मापदण्डका केही कमजोरीहरुलाई हामीले सम्बोधन गरिसकेका छौं’ गौतम भन्छन्- ‘आइकाओको परीक्षण टोलीलाई जतिसक्दो छिटो पठाउन भनेर पत्राचार गर्दैछौं ।’

केही समयअघि काठमाडौं आएको आइकाओको एसिस्टेन्स मिसन अन्तरगतको कम्बाइन्ट एक्सन टीमले पनि नेपाललाई न्युनतम् हवाइ सुरक्षा मापदण्डभित्र आएको भन्दै सकारात्मक प्रतिक्रिया दिएको दावी उढड्यन प्राधिकरणको छ ।

‘भारतीय राष्ट्रपतिले नेपाली हवाइ कम्पनीकै विमान प्रयोग गरेको कुरा विश्वलाई थाहा भएको छ । अब हाम्रो सुरक्षा मापदण्ड कमजोर छन भन्ने सन्देश त्यसले पनि दिएको छ’ महानिर्देशक गौतम भन्छन्-‘अव दुर्घटना घटाउने मुख्य चुनौति हामी माझ छ । यसका लागि हामीले अनेकन प्रयत्नहरु गरिरहेका छौं ।’

‘अबको अडिट नेपालको पक्षमा’

आइकाओले मुख्य रुपमा ८ वटा क्षेत्रलाई आधार मानेर हवाइ सुरक्षाको अवस्था निक्र्यौल गर्छ । नेपाल अहिले हवाइ सुरक्षाको मामिलामा ५८.४ प्रतिशतको स्थितिमा छ । यसलाई एशियाको औसत स्थिति मानिने दावी प्राधिकरण्को छ ।

अहिले आइकाओले सिग्नीफिक्वेन्ट सेफ्टी कन्सर्न (एसएससी)बाट हटाउन नेपाललाई प्राथमिकतामा राखेको दावी प्राधिकरणको छ । त्यसलगत्तै इयुले कालोसूचीबाट हटाउने ठोकुवा महानिर्देशक गौतमको छ ।

‘हामीले अहिले सहजै उडान अनुमति दिएका छैनौं । अन्तर्राष्ट्रिय रुपमा मान्यता पाउन आवश्यक मापदण्ड, जनशक्ति, पूर्वाधार र सुविधा तथा शर्त पूरा नगरेकालाई अनुमति दिन बन्द गरेका छैनौं । त्यसैले अब एसएससीबाट हट्न हामी धेरै टाढा छैनौं ।’

यही विषयमा आवश्यक पहल गर्न पर्यटनमन्त्री जीवनबहादुर शाहीसहित प्राधिकरणको टोली डिसेम्बर लगत्तै बैंकक जाने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment