४ पुस, काठमाडौं । लोडसेडिङ हटाउने अभियानमा अवरोध गर्ने विद्युत प्राधिकरणका तीन जना सञ्चालकहरुलाई सरकारले बर्खास्त गरेको छ ।
सञ्चालक समिति सदस्यहरु लक्ष्मण अग्रवाल, मनोज मिश्र र सुरज लामिछानेलाई ऊर्जा मन्त्रालयले हटाएको हो ।
कुलमान घिसिङले लोडसेडिङ अन्त्य गर्ने अभियान चलाइरहेका बेला सञ्चालकत्रय अग्रवाल, मिश्र र लामिछानेले अवरोध गरेका थिए । उनीहरुलाई मन्त्रालयले स्पष्टिकरण सोधेको थियो ।
स्पष्टिकरण चित्तबुझ्दो नभएको र राष्ट्रहितको काममा अवरोध पुर्याएको भन्दै मन्त्रालयले पदबाट बर्खास्त गरेको हो । सरकारले सोमबार नै नयाँ सदस्य नियुक्त गरेको छ ।
रुकुम पूर्तिमकाँडा-६ का भक्तबहादुर पुन, बाजुरा मार्तडी-३ का चेतराज जोशी र सुर्खेत विरेन्द्रनगर-६ का उमेशप्रसाद थानीलाई सञ्चालक समिति सदस्यमा नियुक्त गरिएको ऊर्जामन्त्री जनार्दन शर्मा ‘प्रभाकर’का स्वकीय सचिव बसन्त शर्मा ‘विक्रान्त’ले जानकारी दिए ।
यो पनि पढ्नुहोस्
प्रतिक्रिया 4